समाज

सूर्योदय हेर्न हाँडीकोट

सूर्योदय हेर्न बागलुङको जैमिनी नगरपालिकास्थित पर्यटकीय लेक हाँडीकोट पुगेका आन्तरिक पर्यटक । दुई हजार १९५ मिटरको उचाइमा रहेको हाँडीकोटबाट सूर्योदय÷सूर्यास्तसँगै मनोरम हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ । तस्बिर ः रामबहादुर थापा÷ रासस पुरा पढौ

समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन

सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल प्रहरीसँगै सेना परिचालन गरिएको हो । महाकाली नगरपालिकाको वडा नं ४ र ५ को बजार सिल गरिएको भए पनि व्यापारीले कानूनको उल्लङ्घन गरेको भन्दै सुरक्षा समितिले सेनासमेत बजारमा खटाएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो । अहिले नेपाल प्रहरी र नेपाली सेनाले बजारमा रहेका पसल बन्द गराउने गरेका छन् । व्यापारीले भने सुरक्षाकर्मीलाई छलेर व्यापार गर्ने गरेका छन्… पुरा पढौ

कुशको शव बनाएर दाहसंस्कार

मृत्युपश्चात् कोरोना सङ्क्रमण पुष्टि भएका व्यास नगरपालिका–३ का ६५ वर्षीय एक व्यक्तिको कुशको शव बनाएर आज परिवारले दाहसंस्कार गरेका छन् । गत असोज २८ गते पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएका ती व्यक्तिको कुशको शव बनाएर परिवारले दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरेका हुन् । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको शव नेपाली सेनाले व्यवस्थापन गर्ने भएकाले परिवारले आठ दिनपछि कुशको शव बनाएर दाहसंस्कार गरेको हो । टाउकोको शल्यक्रियाका लागि अस्पताल पुगेका उहाँको उपचारका क्रममा मृत्यु भएको थियो । मृत्युपश्चात् पिसीआर परीक्षण गर्दा… पुरा पढौ

फेडोको दसैं राहतसँगै विष्णुको ओंठमा मुस्कान

गत वर्षदेखि नै प्यारालाइसिसले थलिएका पोखरा–११ काहूँका विष्णु परियारलाई आइतबार एक्कासी च्याप्यो। हाल उनी मणिपाल शिक्षण अस्पतालको आईसीयूमा उपचार गराइरहेका छन्। जेठी बुहारी सुत्केरी भएकी छन्। जेठो छोरा दुर्घटनामा परे । कान्छो छोरा कुवेत जानेवित्तिकै कोरोना महामारी सुरु भयो। दसैंको मुखैमा उनको परिवारमा बज्रपात प¥यो। सिलाइ पेसा गरेर आम्दानी गर्ने श्रीमान थलिएदेखि सीता परियारको आँखामा आँशु थामिएको छैन। जेठो छोराले ल्याएको दसैं खर्च बुबाकै उपचारमा सकियो। वडा कार्यालयले विष्णुको उपचार गर्न १० हजार रुपैयाँ दियो। श्रीमान निको हुने नहुने द्विविधा… पुरा पढौ

सुनचाँदीको भाउ बढ्यो

आज (बुधबार) सुनचाँदीको भाउ बढेको छ। सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबारदेखि तीन दिन स्थिर रहँदै आएको सुन तोलाको ९४ हजार ७ सय रुपैयाँ थियो।यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ बढेको छ। चाँदी आज तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। पुरा पढौ

पेस्तोल र वन्यजन्तु सामग्रीसहित तनहुँमा एक जना पक्राउ

अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको बन्दीपुर गाउँपालिका–६ का ४० वर्षीय अशोक गुरुङ रहेका छन्।प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बन्दीपुर र इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिगएको प्रहरी टोलीले दुई थान पेस्तोलसहित उनलाई घरबाट मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए। उनका अनुसार गुरुङको घरबाट प्रहरीले दुई थान पेस्तोल सहित वन्यजन्तुसँग सम्बन्धित सामग्री बरामद गरेको छ। घरभित्र लुकाई राखेको अवस्थामा… पुरा पढौ

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ। ‘आफन्त नेपाल’ भन्ने संस्थाले भारतीय प्रहरीको समन्वयमा ती बालकलाई उद्धार गरी नेपाल फर्काइएको हो। उद्धार गरिएका ती बालक नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाका छन्। वैदेशिक रोजगारीका लागि भन्दै भारत पु¥याइएका ती बालकलाई उद्धार गरेर मंगलबार अभिभावकको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले जानकारी दिए। उनका अनुसार रोजगारीका लागि लगिएका ती बालकलाई भारतको गाजियावादबाट उद्धार गरेर भारतीय प्रहरीले सुनौली नाका हुँदै… पुरा पढौ

प्रत्यक्ष र समानुपातिकले ७०/३० प्रतिशत हुनेगरी नि.क्षे.पू.वि.कार्यक्रमको योजना बाँडफाँड हुने

गण्डकी प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन कार्यविधि संसोधन गर्दै प्रत्यक्ष र समानुपातिक सांसदलाई ७०÷३० प्रतिशत हुनेगरी योजना बाँडफाँड हुने भएको छ । प्रदेश सरकार मन्त्री परिषद बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन कार्यविधि चौथोपटक संसोधन गर्दै प्रत्यक्ष निर्वाचित सांसदलाई ७० प्रतिशत र समानुपातिक सांसदलाई ३० प्रतिशत हुनेगरी योजनाको रकम बाँडफाँड गर्ने भएको हो । तर यो १ निर्वाचन क्षेत्रमा १ जना मात्र समानुपातिक सांसद भएको क्षेत्रमा मात्र लागु हुनेछ । २ वा २ भन्दा बढी समानुपातिक… पुरा पढौ

पोखरामा एकैदिन देखियो २० जना कोरोना संक्रमित

पोखरामा एकै दिन (मंगलबार) २० जनामा कोरोना संक्रमित देखिएका छन् । पोखरा महानगरपालिकाको ११ वटा वडामा ति संक्रमित देखिएका हुुन् । पोखराको ७, ८, १०, १२, १३, १४, १५, १६, १७, १८, २६ र ३० नं वडामा संक्रमित भेटिएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार दिउँसो ४ बजे अद्यावधि गरेको प्रेस विज्ञप्तिमा जनाएको हो । पोखराको वडा नं ७ को ३७ वर्षीय पुरुष एक, वडा नं ८ को ४१ वर्षीय पुरुष एक, वडा नं १० को ३४ र २९ वर्षीय… पुरा पढौ

बाग्लुङपछि म्याग्दीपनि संकटग्रस्त जिल्ला

गण्डकी प्रदेश सरकारले म्याग्दी जिल्लालाईपनि संकटग्रस्त घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको मन्त्री परिषद बैठकले म्याग्दीलाईपनि प्राकृतिक बिपत्तीका कारण पुगेको क्षेतिका कारण संकटग्रस्त जिल्ला घोषणा गर्न संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले यस वर्षको विपद्बाट प्रभावित म्याग्दीलाई पनि संकटग्रस्त जिल्ला घोषणा गर्न संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए । यसअघि संघ सरकारले बाग्लुङलाई संकटग्रस्त जिल्ला घोषणा गरेको थियो । बागलुङ जिल्लालाई मात्र संकटग्रस्त जिल्ला… पुरा पढौ