समाज

पौडेल बने फेवातालको चार किल्ला छुट्याउने कमाण्डर

फेवातालको चार किल्ला छुट्याउने जिम्मा कास्कीका नेकपा नेता पूण्यप्रसाद पौडेलले पाएका छन् । गण्डकी प्रदेश सरकारले पौडेललाई फेवातालको चार किल्ला निर्धारण, सीमाङ्कन तथा नक्सांकन समितिको संयोजक बनाएको हो । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ घर भएका पौडेल जिल्ला विकास समिति कास्कीका पूर्व सभापति हुन् भने सत्तारुढ नेकपा गण्डकी प्रदेश समितिका कार्यालय सदस्य हुन् । पौडेललाई पछिल्लो मन्त्री परिषद बैठकले समितिका अन्य सदस्यहरुमा पोखरा महानगरपालिकाका प्रतिनिधि, डिभिजन वन कार्यालय पोखराका प्रमुख, राष्ट्यि ताल संरक्षण समितिका सदस्य, नापी विभागका उपसचिव तथा नापी… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोनाको उपचार र परिक्षण निःशुल्क भइरहेको दाबी

प्रदेश सरकारले कोरोनाको उपचार तथा परिक्षण निःशुल्क गर्दै आएको दाबी गरेको छ । संघ सरकारले विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस कोभिड–१९ को उपचार बृद्धबृद्धा, अशक्त, बालबालिकालगायतलाई मात्र निःशुल्क गर्ने तर अरुको निःशुल्क नगर्ने घोषणा गरेलगत्तै प्रदेश सरकारले कोरोना भएनभएको थाहा पाउन गरिने पिसीआर र कोरोना भएकाहरुको निःशुल्क गर्दै आएको दाबी गरेको हो । मुख्यमन्त्रीको तर्फबाट मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले मंगलबार सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै कोरोनाको निःशुल्क परिक्षण गर्ने र कोरोना भएकाहरुको उपचारपनि निःशुल्क गर्ने क्रम निरन्तर… पुरा पढौ

पोखरा महानगरको विकास विधुतीय गतिमा बढोस् शुभकामना

डा. राम चन्द्र लामिछाने उपाध्यक्ष, योजना आयोग, पोखरा महानगरपालिका नेपालको संविधान २०७२ को प्रस्तावनामा नेपाल समाजवाद उन्मुख समाज निर्माण तर्फ उन्मुख हुने भन्ने कुरा उल्लेख गरिएको छ । राजनीतिक वृत्तमा संविधामा यी केही हरफहरु लेख्नुलाई महान उपब्धी र यस संविधानको विशेष विशेषता भन्ने गरिन्छ । यो किन महान हो र के कारणले यो संविधानको विशेष विशेषता हो । यो संविधान निर्माण भएपछि वनेका सरकारहरु र यस संविधान भन्दा पहिलाका सरकाहरु भन्दा के कसरी फरक भए र नागरीकले के कस्ता अनुभुती… पुरा पढौ

पोखरालाई साईकल सिटी बनाउन ‘तालदेखि तालसम्म’ साईकल मार्ग बनाऔं

स्वास्थ्य ,वातावरण र पर्यटनको उद्वेश्यका साथ २०६९ साल पुस १७ गते साईकल सिटी पोखरा बिधिवत रूपमा दर्ता भएको हो । नेपालमै पहिलो पटक साईकल सिटी पोखराले २०७१ साल भदौ १६ गते साईकल मार्ग (साईकल लेन)को माग गर्दै ज्ञापनपत्र कास्की प्रशासनलाई बुझाएको थियो । त्यो ज्ञापन पत्र म आफैले लेखेको थिएँ । ज्ञापन पत्र तत्कालीन क्षेत्रीय प्रसाशक (हाल निर्वाचन आयोगका प्रमुख) दिनेशप्रसाद थपलिया ज्युले अध्ययन गरेपछि पोखराको १७ वटा योजना मध्येमा साईकल सिटीलाई पनि प्राथमिकता राखिदिनु भएको थियो । सो योजनाका… पुरा पढौ

आफ्नै काकालाई हत्या गर्ने तामाङ पक्राउ

आफ्नै काकालाई हत्या गरेको आरोप लागेका ईन्द्रबहादुर तामाङ पक्राउ परेका छन् । काका टंकबहादुर तामाङको हत्या गरि फरार भएको भनिएका मृतकका भतिज ईन्द्रबहादुरलाई प्रहरीले पक्राउ गरेको हो । उनलार्य लमजुङको सोती पसल स्थित १ घरबाट पक्राउ गरि पोखरा ल्याइएको कास्की प्रहरीले जनाएको छ । आफ्नै काकाको हत्या अभियोगमा पक्राउ परेका ईन्द्रबहादुर तामाङ पक्राउ परेका ईन्द्रबहादुरले काकाको हत्या गरेको स्वीकार गरिसकेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए । ओखल्ढुंगा जिल्लाको सुनकोशी गाउपालिका वडा नं.५ बान्द्रे स्थायी घर… पुरा पढौ

गण्डकी प्रदेशमा एकैदिन १४७ संक्रमित

गण्डकी प्रदेशमा सोमबार एकैदिन करीब डेढ सय जना कोरोना संक्रमित भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय तथा कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम गण्डकी प्रदेशले गण्डकी प्रदेशमा सोमबार एकैदिन १४७ जना संक्रमण पुष्टी भएको जनाएको हो । निर्देशनालयले विहान जारी गरेको बुलेटिनमा ५६ जना, दिउँसो जारी गरेको बुलेटिनमा ७१ जना र साँझ जारी गरेको बुलिटनमा २० जनालाई कोभिड–१९ संक्रमण पुष्टी भएको उल्लेख गरेको छ । निर्देशनालयले दिउँसो जारी गरेको बुलेटिनका अनुसार चरक मेमोरियल अस्पतालमा रहेका ५ जनामा कोरोना संक्रमण पुष्टी… पुरा पढौ

अपहरण मुद्दाका फरार प्रतिवादी पक्राउ

सङ्गठित अपहरण, शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दाका फरार एक प्रतिवादी छ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१२ का नरेश मेचे छन् । जिल्ला अदालत झापाले अपहरण, शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा उनलाई १७ वर्ष कैद र रु एक लाख ५० हजार जरिवानाको फैसला सुनाएको थियो । विसं २०७१ माघ १८ गते झापाका सुनिलकुमार अग्रवाल ९विन्दल० लाई बजरङ्ग पन्सारी ९अग्रवाल० र मेचेसहितको समूहले अपहरण गरेको थियो । विशेष सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको… पुरा पढौ

आज, बडादशैं (नवरात्र)को तेस्रो दिन

बडादशैंको नवरात्र अन्तर्गत आज (सोमबार) तेस्रो दिन। आज, चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ। यो बर्ष कोरोना माहामारीका कारण देवी भगवतीको दर्शन र आराधना गर्न भक्तजनहरुलाई देशभरका शक्तिपीठहरुमा पूजाआजा गर्न निषेध गरिएको छ। घटस्थापनाका दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी जमरा राखिएको दशैं घरमा लगातार ९ दिनसम्म पूजा आराधना गर्ने परम्परा रहेको छ। देवी दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ। पुरा पढौ

पवित्र साकोसको नवौं साधारण सभा

पवित्र बचत तथा ऋण सहकारीको नवौं साधारण सभा सम्पन्न भएको छ। सभाका वक्ताले सहकारी सम्मान, समानता र सहकार्यको माध्यम भएको धारणा राखेका छन् । संस्थाका सल्लाहकार चन्द्र रानाभाटले सहकारी सहकार्यको माध्यम भएकाले जातीय एकता बढाउन मात्र नभएर आफ्नो व्यापार व्यवसाय बढाउन पनि सार्थक र साझेदार बनेको बताए । उनले आवश्यक परेको खण्डमा समाजको बहुउद्देश्यीय भवन सहकारी व्यवस्थापनका लागि सहयोग गर्न समाज इच्छुक रहेको प्रतिबद्धता समेत व्यक्त गरे । सभामा सु.बोधराज रानाभाट, राजेन्द्रकुमार रानाभाट, मीनबहादुर रानाभाट, श्रीबहादुर रानाभाट, ठाकुरप्रसाद रानाभाटलगायतले सहकारीसँगको… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ८ सय नजिक

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ८ सय नजिक पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म विश्वब्यापी रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण संक्रमित हुनेको संख्या ५ हजार७ सय ८६ पुगेको हो । कोभिडका कारण सोमबार विहान ५६ जना संक्रमण पुष्टी भएका छन् । जस अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ३५ जना संक्रमण पुष्टी भएको छ । जसमा पुरुष २० र महिला १५ जना संक्रमित भएको प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा प्रदेश स्वास्थ्य… पुरा पढौ