समाज

सर्वोच्च अदालतमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

सर्वोच्च अदालतमा आगजनीमा परेर जलेका १० हजार बढी मुद्दाको मिसिल तयार पारिएको छ । सर्वोच्चमा रहेका कुल २४ हजार मुद्दाका मिसिलमध्ये गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा २० हजार मिसिल आगलागीमा परेर जलेको थियो । चार हजार मिसिल मात्रै आगलागीबाट जोगिएको थियो । सर्वोच्च अदालतका प्रवक्ता निराजन पाण्डेका अनुसार यही पुस २१ गतेसम्म सेवाग्राही संस्था, महान्यायाधिवक्ताको कार्यालयबाट गरी हालसम्म जलेका मुद्दाहरुमध्ये १० हजार ३४० मुद्दाका मिसिल तयार पारिएको छ । सर्वोच्च अदालतले जलेका मुद्दाका मिसिलहरु महान्यायाधिवक्ता कार्यालय, नेपाल बार… पुरा पढौ

गोरखामा च्याउ खाँदा एकाघरका चार जना बिरामी

गोरखामा परालको टौवामा उम्रिएको च्याउको तरकारी बनाएर खाँदा एका परिवारका चार जना बिरामी परेका छन् । मकवानपुर जिल्ला बागमती नगरपालिका–१३ घर भई हाल गोरखा नगरपालिका–१४ स्थित प्युघरमा डेरा गरी बस्दै आएकी ३० वर्षीया हीरा पहरीको परिवार विषालु च्याउ खाएर बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए । सोमबार साँझ घर नजिकै रहेको परालको थुप्रो टौवामा उम्रेको च्याउ टिपेर तरकारी खाएपछि आमा हीरा पहरीसहित १२ वर्षीय छोरा किसान, छ वर्षीय छोरा हिमाल र पाँच वर्षीया छोरी… पुरा पढौ

वीरगञ्जमा कर्फ्यू आदेश आज दिउँसो १ः०० बजेसम्म थप

जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहान ८ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्मका लागि वीरगञ्जमा कर्फ्यू आदेश थप गरेको छ । प्रशासनले सोमबार बेलुका ६ः०० बजेदेखि मङ्गलबार बिहानसम्म कफ्र्यु आदेश जारी गरेको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले विवादको समाधान खोज्ने प्रयास गरिराखेको जानकारी दिए । “स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकी सो सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउनेगरी कर्फ्यू आदेश… पुरा पढौ

रोटरी क्लव अफ पोखराको रक्तदानमा ३० युनिट रगत संकलन

पोखरा, २१ पुस । रोटरी क्लब अफ पोखरा लेकसाइडले चार्टर डे अवसरमा रक्तदान कार्यक्रम गरेको छ । पोखराको लेकसाइडस्थित हल्लनचोकमा सोमबार आयोजित कार्यक्रमको रोटरीका डिष्ट्रिक्ट गभर्नर विनोद कोइरालाले उद्घाटन गरेका थिए । पहिलो रक्तदाता क्लबका पूर्व अध्यक्ष उपेन्द्र अधिकारी र उनी पत्नी कृतिका सुवेदी अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरिएको हो । सो अवसरमा गभर्नर कोइरालाले रक्तदान कार्यक्रम पुण्यको काम भएको उल्लेख गर्दै क्लबले चार्टर डे  अवसरमा रक्तदान कार्यक्रम सुरुआत गरेकोमा खुसी व्यक्त गरे । यसैगरी सामाजिक सेवामा रोटरी… पुरा पढौ

पोखरा लेडी जेसिज वर्ष २०२६ को पदस्थापन

पोखरा लेडी जेसिज वर्ष २०२६ को निर्वाचित समितिको पदस्थापन गरिएको छ । जेसी सुनिता गौतम भण्डारीको अध्यक्षतामा चयन भएको समितिलाई नेपाल जेसीज राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर जीवन कार्की,क्षेत्र ख निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी सपना पौडेल भण्डारी, दुर्गा लामिछाने ,निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी आरोग्य श्रेष्ठ लगायतले पदस्थापन गराए । पोखरा लेडी वर्ष २०२५ का अध्यक्ष सिनेटर अनिता थापाको अध्यक्षतामा भएको पहिलो सत्रको कार्यक्रमको उद्घाटन नेपाल जेसीज राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर जीवन कार्कीले गरेका थिए । उनले सामाजिक क्षेत्रमा पोखरा लेडी… पुरा पढौ

गोरखा–काठमाडौँ एकीकरण पदयात्रा सुरु

नेपाल एकीकरण अभियानमा प्रयोग भएको पदमार्गमा पर्यटन विकास गर्ने उद्देश्यले नेपाली सेनाले सुरु गरेको एकीकरण पदयात्राको सातौँ शृङ्खला आजदेखि सुरु भएको छ । यही पुस २७ गते काठमाडौँको हनुमानढोका दरबारसम्म पुग्नेगरी आज बिहान गोरखा दरबारको हनुमान भञ्ज्याङबाट पदयात्रा सुरु भएको हो । पदयात्राको जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा, गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगर, नेपाली सेनाका पृतनापछि भोलानाथ थापा, गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठलगायतले शुभारम्भ गरे । नेपाली सेनाको गोरखास्थित रुद्रध्वज गणका अधिकृत कमान्डसहितको टोलीलाई टर्च र नेपाली… पुरा पढौ

तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार तीन सय ९७ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख २३ हजार चार सय ९१ र महिलाको सङ्ख्या एक लाख ३० हजार नौ सय छ जना रहेको छ । जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जिल्लास्थित दश पालिकामध्ये सबैभन्दा बढी मतदाता व्यास नगरपालिकामा र सबैभन्दा कम मतदाता देवघाट गाउँपालिकामा रहेको जानकारी दिए । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यहाँ… पुरा पढौ

राजश्व प्रणाली अनलाइन नचल्दा सेवाग्राहीलाई सास्ती, राजश्व छुटको समयावधि चैत मसान्तसम्म थप गर्न पोखरा १३ का वडाध्यक्ष बरालको माग

पोखरा । पोखरा महानगरपालिकाले कर संकलनका लागि प्रयोग गर्दै आएको SUTRA Revenue Model पटक–पटक अवरुद्ध हुँदा सेवाग्राहीले गम्भीर समस्या भोग्नुपरेको गुनासो छ। प्रणाली समय–समयमा नचल्दा कर तिर्न आएका नागरिक लामो समयसम्म प्रतिक्षा गर्न बाध्य हुने तथा कतिपय सेवाग्राही कर नतिरी फर्किनुपर्ने अवस्था सिर्जना भएको बताइएको छ। पोखरा महानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष किरण बरालले आइतबार प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र बित्तिय महाशाखा प्रमुख जयराम पौडेललाई ज्ञापनपत्र बुझाउँदै राजश्व प्रणालीको बारम्बारको अवरोधले महानगरपालिकाप्रतिको नागरिक विश्वासमा नकारात्मक असर परेको… पुरा पढौ

हेड्स नेपालद्वारा म्याग्दीका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण

परोपकारी संस्था हेड्स नेपालले म्याग्दी जिल्लाको मालिका गाउँपालिका वडा नं २ खबाङस्थित श्री जनकल्याण राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । भौगोलिक रूपमा विकट क्षेत्र मानिने खबाङका विपन्न परिवारका ४१ जना विद्यार्थीलाई स्कूल ब्याग, कपी, पेन्सिल, भलिबल, स्किपिङलगायत आवश्यक शैक्षिक सामग्री तथा भलिबल, फुटबल, स्किपिङजस्ता खेलकुद सामग्री वितरण गरिएको हेड्स नेपाल गण्डकीका अध्यक्ष सन्तबहादुर विश्वकर्माले जानकारी दिए । उनका अनुसार यस किसिमका सहयोगले विद्यार्थीहरूको पठनपाठनसँगै शारीरिक तथा मानसिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।… पुरा पढौ

बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकमबाट म्याग्दीको ताराखेतमा सडकबत्ती

म्याग्दीको मङ्गला गाउँपालिका–२ ताराखेतका बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकम परिचालन गरेर सडकबत्ती जडान गरेका छन् । ताराखेतमा पर्ने बेनी–दरवाङ सडक, पदमार्ग र मङ्गला गाउँपालिका–३ सातबिसेको सिमकुना जोड्ने झोलुङ्गे पुलमा शनिबारदेखि सडकबत्ती बालेर रातको समयमा उज्यालो बनाउन थालेका हुन् । तिहारमा देउसीभैलो खेलेर जुटाएको रु ३५ हजारसहित रु ७० हजारको लागतमा १५ वटा सडकबत्ती जडान गरेर ताराखेतलाई झिलीमिली बनाएको स्थानीय युवा अर्जुन पौडेलले बताए । “देउसीभैलो खेलेर जुटाएको रकम बचाएर सामाजिक काममा लगाएका हौँ”, उनले भने, “स्थानीय अगुवा र अभिभावकहरूले पनि… पुरा पढौ