समाज

म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद

म्याग्दीमा ठूलो सङ्ख्यामा अवैध हातहतियार बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयले गत मङ्सिर १५ गतेदेखि अवैध भरुवा बन्दुक सङ्कलनका लागि सुरु गरेको ‘अप्रेसन ब्राभो सेरा’ अभियानबाट एक महिनाकै अवधिमा १ सय १५ थान अवैध भरुवा बन्दुक बरामद गरेको हो । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा तथा वन जङ्गलमा हुने चोरी–सिकारीलाई मध्यनजर गर्दै सञ्चालन गरिएको अवैध हातहतियार खोजी अभियानबाट अहिलेसम्मकै धेरै भरुवा बन्दुक नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर… पुरा पढौ

म्याग्दीको मुदीमा प्रेक्षालयसहित वडा कार्यालय भवन निर्माण

म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय भवन निर्माण भएको छ । धौलागिरि गाउँपालिकाले दुईतले सभाहलसहितको अपाङ्गमैत्री भवन निर्माण गरेको हो । भवन निर्माणका लागि गत २०८१ चैत महिनामा मालिका भगवती कन्ट्रक्सनले रु ८४ लाख ९६ हजारमा ठेक्का सम्झौता गरेको थियो । बिहीबार भवन हस्तान्तरण भएको वडाध्यक्ष यामबहादुर घर्तीले बताए । वडा भवन बनाउन मुदीका पूर्वप्रधानपञ्च गङ्गलाल घर्तीले दुई रोपनी १६ आना र रेशमबहादुर घर्तीले तीन आना जग्गा दान गरेका थिए । गाउँपालिकाले यसअघि मुदीमा २०८१ मा रु ८९ लाखको लागतमा… पुरा पढौ

कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पर्यटन सूचना केन्द्र सञ्चालन

कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा सूचना केन्द्र सञ्चालनमा आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० को सहयोग एवम् वडा कार्यालय र स्थानीय पर्यटन व्यवसायीको समन्वयमा केन्द्र सञ्चालनमा ल्याइएको हो । अङ्ग्रेजी नयाँ वर्ष २०२६ को आगमनको अवसर पारी बिहिबारदेखि केन्द्र सञ्चालनमा आएको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए । उनका अनुसार केन्द्रमार्फत यहाँ आउने पर्यटकलाई उक्त क्षेत्रको पर्यटकीय जानकारीसँगै यहाँस्थित होटेल तथा ९होमेस्टे० घरबासलगायत विषयमा जानकारी प्रदान गरिने छ । केन्द्रमा एक्यापबाट एक र स्थानीय… पुरा पढौ

पोखरामा दैनिक ५ घण्टा विद्युत अवरुद्ध

शिशिर उजाडपोखरा पोखरामा शुक्रबारदेखि दैनिक ५ घण्टा विद्युत सेवा अवरुद्ध भएको छ। पुस २० गतेसम्म विहान ६ देखि ११ बजेसम्म लाइन काटिने प्राधिकरण पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए। पोखरामा वितरण गरिने कुँडहर सबस्टेशनमा १३२ केभी बसबार मर्मत गर्नुपर्ने भएकाले दैनिक ५ घण्टा लाइन काटेर मर्मत गरिने केन्द्रका प्रमुख यादवले बताए।योसँगै पोखराका अधिकांस क्षेत्रमा बिहान ५ घण्टा विद्युत अवरुद्ध भएको छ । पछिल्लो समय पोखरामा ग्राहक संख्या बढेसँगै विद्युत खपत र माग पनि बढेकाले अपग्रेडका लागि मर्मत गर्न… पुरा पढौ

पोखरामा पुस १९ गते झ्व भ्वय हुने, निसा देसारले नचाउने

सन्देश श्रेष्ठपोखरा, पुस १७ पोखरामा यहि पुस १९ गते झ्व भ्वय हुने भएको छ । नेवाः मिसा पुचः कास्कीको आयोजनामा नेवारी सांस्कृतिक उत्सव झ्व भ्वयको चौथो संस्करण शनिबार हुने भएको विहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । नेवाःमिसा पुचःले संस्कार र संस्कृतिको संरक्षण तथा प्रवद्र्दनका लागि हरेक ३/३ वर्षमा यो कार्यक्रम गर्दै आएको छ । २०७२ सालदेखि शुरु भएको यो भोज २/२ वर्षमा गर्ने भनिए पनि विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस कोभिड–१९ का कारण बिचमा रोकिएको थियो… पुरा पढौ

जानकी मावि व्यवस्थापनको अध्यक्षमा बास्तोला

जानकी माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पत्रकार हरिप्रसाद बास्तोला सर्वसम्वत चयन भएका छन् । पोखरा महानगरपालिका वडा नं. १७ महतगौडामा अवस्थित सो विद्यालयमा भएको व्यवस्थापन समितिका सदस्यको भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो । पोखरा १७ का वडाअध्यक्ष एवम् वडा शिक्षा समितिका अध्यक्ष राधिका कुमारी शाही योगीको उपस्थितिमा गठन गरिएको समितिको सदस्यमा सिता काप्mले भण्डारी, देवीलाल शर्मा भण्डारी, मुना श्रेष्ठ र नर्मदा केसी रहेका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीको अभिभावकको भेलाले तीन जान सदस्य र वडा शिक्षा समितिबाट दुई जना,… पुरा पढौ

हतारमा गल्ती भएको महशुष भएको छ, त्यसमा रिभ्यू हुन्छ : रवि

सन्देश श्रेष्ठपोखरा, पुस १६ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विधि मिचिएको अवस्था भए रास्वपामा राईट टु रिकल हुने बताएका छन् । सूर्य दर्शन सहकारी ठगी मुद्दामा तारिख बुझ्न पोखरा आएका उनले बुधबार पोखराका पत्रकारहरुसँग कुरा गर्दै सोमबार बुझाइएको समानुपातिक उम्मेदवारको नामावलीमा विधि मिचिएको पाईए राईट टु रिकल गरिने बताएका हुन् । रास्वपाले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा नेताका आफ्ना आफन्त रहेको पाइएको छ । जसका कारण अहिले सामाजिक सञ्जालमा नयाले नै विधि मिचेको भन्दै आलोचना भइरहेको छ । सो… पुरा पढौ

माझठानाको रत्नशोभा विद्यालयमा विद्यार्थीलाई ३० मा खाना

सुन्दा अचम्म लाग्न सक्छ, महँगीको वर्तमान समयमा कास्कीको पोखरा महानगरपालिका–२८ माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयले विद्यालयका विद्यार्थीलाई प्रतिछाक खाना रु ३० मा खुवाउँदै आएको छ । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यका साथ कक्षा ८, ९ र १० का विद्यार्थीलाई दिवा छात्रावासको अवधारणाअनुसार बिहान ७ः३० बजेबाट कक्षा सञ्चालन गरिरहेको विद्यालयले पूर्वविद्यार्थीहरूको सहयोगमा न्यून शुल्कमा खाना खुवाउने व्यवस्था मिलाएको विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेले जानकारी दिए । विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यका साथ छात्रावास सञ्चालन गरिएको जनाउँदै उनले उनीहरूको सहजताका साथै अभिभावकलाई पनि… पुरा पढौ

अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल

अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । समून्द्री सतहबाट तीन हजार ८०० मिटर उचाइमा रहेको हिन्दू तथा बौद्धधर्मालम्बीहरुको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा चिसोमा पनि दर्शनार्थीको सङ्ख्या नघटेको मुक्तिनाथ विकास समितिका कार्यालय व्यवस्थापक दिनेश भुसालले जानकारी दिए । अघिल्लो वर्षमा चिसो बढ्न थालेसँगै दर्शनार्थी घट्ने गरे पनि यस वर्ष भने यहाँ आउनेहरु नघटेको उनको भनाइ छ । अत्यधिक चिसोका कारण स्थानीयको जनजीवनमा प्रतिकूल बनेको छ । अहिले मन्दिर रहेको स्थानमा बिहान र बेलुकी तापक्रम माइनस १५ डिग्रीसम्म… पुरा पढौ

पोखरा सडक महोत्सवमा आज न्यू ईयर ईभ विशेष : एक्स नेपथ्यदेखि डिमर्चासम्म गुञ्जिदै

पोखरा, पुस १५ पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा चलिरहेको सांगीतिक उत्सवमा आज न्यू ईयर ईभ विशेष कार्यक्रम आयोजना हुँदैछ । जहाँ आज एक्स नेपथ्यदेखि डिमर्चासम्मले मध्यरातसम्म गुञ्जिनेछ । अल टेक नेपालको संयोजनमा चलिरहेको सांगीतिक उत्सव अन्तर्गत हुने न्यू ईयर ईभ विशेष कार्यक्रममा एक्स नेपथ्य तीन दशकपछि गुञ्जिदैछ । कार्यक्रममा एक्स नेपथ्यका गायक रविन श्रेष्ठले छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँगनै भरी, नक्कली कान्छीलगायतका गीतहरु तथा अर्का गायक गौतम गुरुङले जोमसोमै बजार, गण्डकीको तिरैमा, झरीले रुझेको आकास, यार्लिङ… पुरा पढौ