समाज

पोखरा जेसिज बर्ष २०२६ को पदस्थापना

पोखरा जेसिज वर्ष २०२६ को पदस्थापना कार्यक्रम सम्पन्न भएको छ। पोखरा जेसीज बर्ष २०२६ का लागि निर्वाचित तथा मनोनित पदाधिकारीको पदस्थापना सँगै जेसिज बर्ष २०२६ का निर्वाचित अध्यक्ष जेसी सुमन पहारीलाई बर्ष २०२५ का अध्यक्ष भाईराज राना मगरले सपथ ग्रहणसंगै पिन तथा चेन हस्तान्तरण गराएका थिए । कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसिस वर्ष २६ का अध्यक्ष सेनेटर जीवन कार्की रहेका थिए। कार्यक्रममा जेसिस आस्थापाठ जेसी पवित्र अधिकारी सर्जीले राखेकी थिइन् भने स्वागत जेसि सरोज पौडेलले गरेका थिए । त्यसैगरी कार्यक्रममा… पुरा पढौ

प्रलेस, गण्डकीद्वारा प्रगतिशील कविगोष्ठी सम्पन्न

पोखरा, पुस १९ गते । प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशले शनिवार पोखरामा गण्डकी प्रदेशस्तरीय कविगोष्ठी सम्पन्न गरेको छ ।प्रलेस, गण्डकीका अध्यक्ष प्रा। डा। यदुनन्दन उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका ८ जिल्लाका ८ कविहरूले प्रगतिशील कविता प्रस्तुत गरेका थिए । लमजुङका वासुदेव थापा, तनहुँका युवराज पौडेल, गोरखाका रामप्रसाद खनाल, स्याङ्जाका अनन्त अर्याल, म्याग्दीका प्रकाश अधिकारी, बागलुङका लाल ऋतम्भरा, पर्वतका राजकुमार निरञ्जन र कास्कीकी गीता तिवारीले कविता प्रस्तुत गरेका थिए । वाचित कविताको समीक्षा गर्दै साहित्यकार नारायण मरासिनीले गण्डकी प्रदेशमा प्रगतिशील… पुरा पढौ

कास्कीमा अनलाइनबाट एक वर्षमा १९ करोड ठगी, सचेत हुन एसपी कार्कीको अनुरोध

पोखरा, १९ पुस कास्की प्रहरी प्रमुख एसपी नबिन कार्कीले पछिल्लो सयममा अनलाइन ठगिका घट्ना भयाभह रुपमा बढेको बताएका छन् । सामुदायिक सेवा केन्द्र एवंम सामुदायिक प्रहरी सेवाको २२ औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै कास्कीमा एक वर्षमा अनलाइनबाट १९ करोड रुपैया ठगि भएको बताए । उनले अनलाइन ठगिलाई रोक्नका लागि प्रहरी, सामुदायीक प्रहरी र स्थानीय लाग्नु पर्ने बताए । अनलाइन ठगिमा जाने बुझे कै व्यक्ति ठगिएको बताउदै त्यसलाई रोक्नका लागि सबै सचेत हुनु पर्ने बताए । एउटै व्यक्ति अनलाइन मार्फत… पुरा पढौ

नेवाः मिसा पुचले आयोजना गरेको झ्व भ्वय भव्य रुपमा सम्पन्न

सन्देश श्रेष्ठपोखरा, पुस १७ नेवाः मिसा पुच कास्कीले शनिबार आयोजना गरेको झ्व भ्वय भव्य रुपमा सम्पन्न भएको छ । नेवाः खल कास्कीको सहयोगमा मिसा पुचले नेवा छेँ भवन भीमसेनटोलमा आयोजना गरेको नेवारी सांस्कृतिक उत्सव झ्व भ्वयमा १ हजार ५ सय बढी सहभागी भए । जहाँ नेवार समुदायका युवा, युवतीदेखि बालबालिका र बृद्दबृद्दासम्मले झ्व भ्वय खाएका थिए भने गैरनेवार समुदायका पनि उत्तिकै सहभागी भए । झ्व भ्वय खान नेवार समुदायका पुरुषहरु दौरा सुरुवाल र महिलाहरु हाकुपटासीमा सजिएर आएका थिए । अझ… पुरा पढौ

वातावरणीय सरसफाईमा बाटुलेचौरका आमाहरु सक्रिय

शिशिर उजाडपोखरा बिहान बेलुका घरको लुते धन्दामै व्यस्त हुने आमाहरु पछिल्लो समय वातावरणीय सरसफाई र संरक्षणका क्षेत्रका पनि सक्रिय हुन थालेका छन् । पोखरा १६ बाटुलेचौरमा संरक्षण आमा समुहमा आवद्ध महिलाले प्रत्येक शनिबार विहानको समय वातावरण संरक्षणमा छुट्टयाएका छन् । उनीहरु शनिबारको बिहानै हातमा कुचो, ग्लोव र प्लाष्टिक बोकेर सार्वजनिक स्थलको सरसफाईमा लाग्ने गरेका हुन् । महिलाले शुरुवात गरेको सुधारको कामलाई स्थानीय अमलाबिसौंनी धोविनी पाटन टोल विकास संस्थाले पनि सहकार्य गरेको छ । उनीहरुले आज अमलाबिसौनी देखि मैदानचोकसम्म सरसफाई गरेका… पुरा पढौ

बेनीमा माघे सङ्क्रान्ति मेलाको तयारी

म्याग्दीको सदरमुकाम बेनीमा ‘११औँ माघे संक्रान्ति मेला’ तथा ‘खाना महोत्सव एवं कृषि मेला’ आयोजना हुने भएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा यही पुस ३० देखि आगामी माघ ३ गतेसम्म बेनीको खुलामञ्चमा मेलाको आयोजना गरिनेछ । आज बेनीमाआयोजित पत्रकार सम्मेलनमा महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले परम्परागत माघे संक्रान्ति मेलाको जगेर्ना, स्थानीय कला संस्कृतिको संरक्षण, महिला उद्यमीहरुको प्रोत्साहन तथा पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले मेला आयोजना गरिएको बताईन् । मेलामा जिल्लाभरबाट कृषि तथा पशुजन्य… पुरा पढौ

पोखराका केही क्षेत्रमा हुने भनिएको विद्युत अवरोध नहुने(सुचनासहित)

शिशिर उजाडपोखरा पोखरामा विद्युत वितरण हुने फिडरमा समस्या आएपछि, कुँडहर सवस्टेशनको बसबार कार्य स्थगित भएको छ । नेपाल विद्युत प्राधिकरण , गण्डकी प्रादेशिक कार्यालय, पोखरा वितरण केन्द्रले शुक्रबार दिउँसो सुचना जारी गरि हाललाई सो कार्य स्थगित गरेको जनाएको छ ।आज बिहान भने ५ घण्टा विद्युत काटिएको थियो । कुँडहरस्थित १३२ केभी सव स्टेशनमा बसबार गरी सट डाउन गरिएको लाईन संचालन गर्ने क्रममा अत्याधिक लोडका कारण समस्या उत्पन्न भएको प्राधिकरणले जनाएको छ । प्रतिकुल मौषमका कारण अत्याधिक लोड वृद्धी भई सम्पुर्ण… पुरा पढौ

पोखरामा पदयात्रा पथप्रदर्शकका लागि चरा पहिचानसम्बन्धी तालिम

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पन्छी समाजको संयुक्त आयोजनामा पदयात्रा पथप्रदर्शकका लागि आजदेखि पोखरामा तीनदिने चरा पहिचान तालिम सुरु गरिएको छ । पदयात्रामा जाने पर्यटकलाई चराहरूका बारेमा जानकारी गराउन सहज होस् भन्ने उद्देश्यका साथ विशेषतः गण्डकी प्रदेशका पदयात्रा क्षेत्रमा पथप्रदर्शन गरिरहेका ३६ जनालाई तालिम दिन लागिएको पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए । नेपालमा आउने विदेशी पर्यटकमध्ये आठ प्रतिशत चरा हेर्न आउने गरेका उल्लेख गर्दै उनले पदयात्रा पथप्रदर्शकले चराकाबारेमा जान्न जरुरी रहेको धारणा राखे ।… पुरा पढौ

एक्स गण्डकी बोर्डिङ स्टुडेन्ट्स एशोसियसन (एग्बोसा)को साधारण सभा भोलि हुँदै

पोखरा, पुस १८ एक्स गण्डकी बोर्डिङ स्टुडेन्ट्स एशोसियसन 'एग्बोसा'को साधारण सभा भोलि पोखरामा हुँदैछ । गण्डकी बोर्डिङ स्कुलबाट उत्तिर्ण भएका विद्यार्थीहरुको साझा संस्था एग्बोसाको १६ औं साधारण सभा भोलि पुस १९ गते शनिबार पोखरामा हुन लागेको हो । पोखराको न्यूरोडस्थित सिटी स्क्वायर व्याङ्क्यूटमा भोलि दिउँसो २ बजेदेखि साधारण सभा शुरु हुने जनाइएको छ । साधारण सभाले वार्षिक प्रतिवेदन , वार्षिक वित्तीय प्रतिवेदन र संस्थाको विनियम पारित गर्ने एग्बोसाका रोजिना रञ्जित बिजुक्छेले जानकारी दिईन् । साधारण सभामा सहभागी हुन गण्डकी बोर्डिङमा… पुरा पढौ

जन प्रकाशमा परिवार नियोजनको अभियान

नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान १२ वटा विद्यालय तथा क्याम्पसमा सम्पन्न गरिसकेको छ । २४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको अभियान १२ वटा विद्यालय तथा क्याम्पसमा सम्पन्न भईसकेकोे सभापति नवीन सिग्देलले जानकारी दिए । पछिल्लो समय पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिक स्थित जन प्रकाश मा.विमा अभियान संचालन गरिएको छ । कार्यक्रम शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङले अभियानले स्वास्थ्य र… पुरा पढौ