खेलकुद

लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल शुरु, पहिलो दिन चार खेल सम्पन्न

भदौ २९ पोखरा । लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा भएको भलिबल प्रतियोगिताको पहिलो दिन चार खेल सम्पन्न भएको छ । संस्थाको २७औं बार्षिकोत्सव एवं २५ औ संस्करणको लामाचौर तीज महोत्सवको सन्दर्भमा भएको पुरुषतर्फको खेलमा गण्डकीले गल्कोट स्पोर्टस क्लवलाई ३–१ को सेटमा हराउन सफल भयो । इन्द्र राज्य लक्ष्मी मा.विको खेल मैदानमा सुरु खेलमा गण्डकीले पहिलो सेट २५–२१ र दोश्रो सेट २६–२४ आफ्नो पक्षमा पारेपनि तेस्रो सेट… पुरा पढौ

खानेपानी संस्थानलाई बन्धक बनाउने छुट कसैलाई छैन : अध्यक्ष धमला

भदौ २९ विराटनगर । नेपाल खानेपानी संस्थान कर्मचारी संघका केन्द्रीय अध्यक्ष केदार धमलाले खानेपानी संस्थानलाई बन्धक बनाउने छुट कसैलाई नभएको बताएका छन् । संविधानको मौलिक अधिकार खानेपानीलाई खारेज गर्ने छुट समेत कुनै पनि सरकारलाई नभएको उल्लेख गरे । नेपाल खानेपानी संस्थान कर्मचारी संघ केन्द्रीय समिति अन्तर्गत युवा उपसमितिद्वारा विराटनगरमा आयोजित ११० औं बीपी जयन्ती तथा कार्यालय परिसरमा गरिएको बृक्षरोपण कार्यको उद्घाटन गर्दै अध्यक्ष धमलाले कर्मचारीको भविष्य नै संस्थान भएकाले संस्थान जोगाउन सवै एकजुट भएर लाग्नु पर्ने समय आएको उल्लेख गरे… पुरा पढौ

एसियाली खेलकुदमा आत्मविश्वासी खेलाडी

कास्की । एशिया महादेशको सर्वोच्च प्रतियोगिता हो, एसियाली खेलकुद । यसलाई एसियाड पनि भन्ने गरिन्छ । छिमेकी मुलुक चीनको हाङझावमा आगामी असोज ६ देखि २१ गतेसम्म एसियाडको १९ औँ संस्करण हुँदैछ । यसपटकको एसियाडमा नेपालले २९ खेलमा भाग लिएको उक्त प्रतियोगितामा एक सय २७ महिला र एक सय २६ पुरुष गरी दुई सय ५३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई सरकारले बिहीबार औपचारिक बिदाइसमेत गरेको छ । प्रतियोगिताका लागि पोखरामा चार खेलको बन्द प्रशिक्षण सञ्चालन भयो… पुरा पढौ

१९औँ एसियाली खेलकुदमा भाग लिन जाने टोलीलाई प्रधानमन्त्रीद्वारा बिदाइ

भदौ २८ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली टोलीलाई आज सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित बिदाइ कार्यक्रममा उनले प्रतियोगितामा नेपाली टोलीले राम्रो खेल प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए । प्रधानमन्त्री प्रचण्डले यसअघि घोषणा गरिएको खेलाडीका लागि पुरस्कार रकम प्राविधिक कारणले केही ढिला भएको भन्दै भोलि बस्ने मन्त्रिपरिषद् बैठकले घोषित पुरस्कार रकम निकासा गर्ने उल्लेख गरे । खेलाडीलाई सफलताको शुभकामना दिँदै उनले आफूलाई जानकारी भएसम्म चीनमा… पुरा पढौ

चौथो मिष्टर बुल्समेन शारीरिक सुगठन असोज पहिलो साता

पोखरा, भदौ २७ बुल्समेन क्लबको आयोजनामा आगामी असोज ५ र ६ गते चौथो संस्करणको मिष्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिता हुदैं छ । तीन संस्करण क्लबले पोखरामै आयोजना गरेको थियो । चौथो संस्करणलाई भने क्लबले ललितपुरको सानेपामा आयोजना गर्ने निर्णय गरेको छ । मोफसलबाट आयोजना गरिएको शारीरिक सुगठन प्रतियोगिता सर्वाधिक पुरस्कार राशीको हो । क्लबले २०७१ सालदेखि दुई वर्षको अन्तरमा मिष्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्दै आएको छ । चौथो संस्करण ०७७ सालमै आयोजना गर्ने तयारी भएपनि कोभिडकै कारण प्रतियोगिता… पुरा पढौ

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र उपाध्यक्षमा मनोनीत

भदौ २६ काठमाण्डौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई उपाध्यक्षमा मनोनयन गरेको छ । खेलाडी सङ्घले आज ज्ञानेन्द्रसहित तीन सदस्य पनि मनोनयन गरेको छ । बास्केटबलकी सदिना श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र भलिबलकी सरस्वती चौधरी सदस्यमा मनोनीत भए । मनोनयनसँगै खेलाडी सङ्घको केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ । भदौ १९ गते सम्पन्न खेलाडी सङ्घको साधारणसभा तथा निर्वाचनले दीपक श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको थियो । रासस पुरा पढौ

दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग पराजित

भदौ २५ काठमाण्डौँ । म्यानमारविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । म्यानमारस्थित थुउन्ना रङ्गशालामा आज भएको खेलमा नेपाल घरेलु टोली म्यानमारसँग १–० गोलअन्तरले पराजित भएको हो । म्यानमारका लागि विन नैइग तुनले गोल गरे । उनले खेलको दोस्रो हाफमा गरेको एक गोल नै म्यानमारका लागि निर्णायक गोल साबित भयो । विनले खेलको ८६औँ मिनेटमा निर्णायक गोल गरेका थिए । अर्को महिना लाओसविरुद्ध हुने विश्वकप छनोटको तयारीस्वरूप नेपालले म्यानमारविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलको हो । यसअघि भएको… पुरा पढौ

पोखरामा यू–२३ एमेच्युर फुटसल कप हुने

पोखरा । पोखरामा असोजको तेस्रो साता पहिलो संस्करणको सिक्स ए साइड यू–२३ एमेच्युर फुटसल प्रतियोगिता हुने भएको छ । प्रतिभावान र उदीयमान खेलाडीलाई लक्षित गरी आगामी असोज २३ र २४ गते पोखरामा राजकुमार श्रेष्ठ (रेफ्री) को नेतृत्वमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । उनका अनुसार सो प्रतियोगिताको विजेता टिमले शिल्ड, ट्रफी तथा प्रमाणपत्रसहित नगद रु ५० हजार प्राप्त गर्नेछ भने उपविजेता समूहले शिल्ड, ट्रफी तथा प्रमाणपत्रसहित नगद रु २५ हजार हात पार्नेछ । यस्तै प्रतियोगिताबाट सर्बाेत्कृष्ट हुने खेलाडीलाई ट्रफीसहित… पुरा पढौ

हाइअल्टिच्युड मनाङमा आजदेखि फुटबल प्रतियोगिता सुरु

मनाङ । हिमाली जिल्ला मनाङको लेक लाग्ने (हाइअल्टिच्युड) स्थानमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आजदेखि तिमाङमा सुरु भएको छ । मनाङको चामे गाउँपालिका–१ तिमाङ खेलमैदानमा प्रतियोगिता गरिएको हो । जलवायु परिवर्तनका कारण धेरै समस्या देखा पर्न थालेपछि मनाङका स्थानीयवासीले खेलको माध्यमबाट जनचेतना प्रदान गर्नका लागि मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरेको नमस्ते टुर्सका सञ्चालक एवं पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले जानकारी दिए । उनका अनुसार हिमाललाई सन्तुलनमा राख्न भूमिका खेल्ने उद्देश्यले हिउँ चितुवाको बासस्थान जलवायु परिवर्तनले प्रभाव पर्दा लोप हुने अवस्थामा रहेकाले… पुरा पढौ

२५ औं लामाचौर तीज महोत्सव तयारी, मुख्य आकर्षण लामौचार कप राष्ट्रिय भलिबल

पोखरा । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा २५ औं संस्करणको लामाचौर तीज महोत्सव हुने भएको छ । संस्थाको २७ औं वार्षिक समारोह एवं तीज अवसरमा आगामी भदौ ३० देखि असोज १ सम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा सो महोत्सव हुन लागेको हो । आइतबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले विषम परिस्थितिबीच पनि महोत्सव आयोजना गरिएको बताए । “मौलिक संस्कृतिको जगेर्ना गरौँ” भन्ने उद्घोषका साथ आयोजित महोत्सवको मुख्य आकर्षण राष्ट्रिय महिला… पुरा पढौ