खेलकुद

नेपाल क्रिकेट सङ्घ (क्यान) अध्यक्षमा चन्द पुनःनिर्वाचित

नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्ष पदमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन । क्यानको आज भएको निर्वाचनमा चन्द पुनःअध्यक्ष पदमा निर्वाचित भएका हुन । सङ्घको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष पद्म खड्का निर्विरोध निर्वाचित भए । महिला सदस्यमा जयन्ती भट्र्ट निर्विरोध निर्वाचित भए । सदस्य पदमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णालीका श्रीधर केसी पनि सर्वसम्मत चयन भए । क्यानको सचिव पदका लागि नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा… पुरा पढौ

गण्डकीका चौध पालिकामा खेलमैदान निर्माण

‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत गत आवमा गण्डकी प्रदेशका १४ पालिकामा खेलमैदान निर्माण गरिएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार कास्कीको अन्नपूर्ण, स्याङ्जाको बिरुवा, गोरखाको भीमसेन थापा, तनहुँको म्याग्दे, नवलपुरको हुप्सेकोट, पर्वतको पैँयू गाउँपालिका, बागलङको गलकोट, म्याग्दीको बेनी नगरपालिकालगायत स्थानीय तहमा खेलमैदान निर्माण गरिएको हो । एउटा खेलमैदानका लागि रु पाँच लाख २५ हजारदेखि बढीमा रु १२ लाखसम्मको बजेट उपलब्ध गराइएको मन्त्रालयका सूचना अधिकारी श्रीप्रसाद अधिकारीले बताए । “चालु आवमा पनि खेलमैदान निर्माणका लागि रु चार करोड… पुरा पढौ

वागमारा युवा संगम समुहको तिज गीत प्रतियोगितामा कालिका तोरीचौर महिला समुह प्रथम

पोखरा । नेपाली महिलाहरुको महान पर्वजको अवसरमा पोखरा महानगर पालिका वडा नं ३३ को पानीटंकी स्थित राखिएको ७ औं तिज महोत्सव तथा खुल्ला जुनियर पुरुष भलिवल प्रतियोगिताकमा कालिका तोरीचौर महिला समुहले प्रथम स्थान हासिल गरेको छ भने जुनियर पुरुष भलिवल प्रतियोगिताकमा मनियाल डांडाको भलिवल टिमले जित हात पारेको छ । हरेक वर्ष जस्तै यस पनि समाजमा विक्रिती र विसंगतीका विरुद्ध जनचेतना मुलक गीतका माध्यबाट सकरात्म सन्देश दिने उदेस्यका साथ आयोजना भएको ७ औं तिज महोत्सव तथा खुल्ला जुनियर पुरुष भलिवल… पुरा पढौ

राष्ट्रिय भलिवल प्रतियोगिताको उपाधि घरेलु टोली गण्डकीलाई

पोखरा । पोखराको लामाचौरमा आज सम्पन्न भएको राष्ट्रिय भलिवल प्रतियोगिताको उपाधि घरेलु टोली गण्डकी प्रदेशले हात पारेको छ । गण्डकी प्रदेशले विभागीय क्लब नेपाल पुलिसलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । गण्डकी प्रदेशले पहिलो र तेस्रो सेट गुमाएपनि दोस्रो, चौथो र पाचौ सेटमा जित निकाल्दै उपाधि जितेको हो । गण्डकीले पहिलो सेट २३–२५ ले गुमाएको थियो । एकसमय नेपाल पुलिस क्लब (२२–१८)को अवस्थामा भएपनि गण्डकीले उत्कृष्ट खेल खेल्दै २२–२३ बनाएपनि पुलिसले पुनः तीन अङ्क जोड्दै पहिलो सेट… पुरा पढौ

आठौं संस्करणको पोखरा स्पोटर््स अवार्डको तयारी सुरु

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौं संस्करणको पोखरा स्पोटर््स अवार्डको तयारी सुरु भएको छ । अवार्ड कार्यक्रमको तयारी स्वरुप सोमबार सहारा क्लब पोखरा, सहारा यूके, रामबजार सोसाइटी यूके, तमु समाज यूके आमा समुह, सहारा क्लब हङकङ लगायतसँग छलफल गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । छलफलमा सहारा यूकेका सल्लाहकार एवं सहारा क्लब पोखराका मानार्थ सदस्य महेश गुरुङ, सहारा यूकेका संस्थापक सल्लाहकार लोक गुरुङ, पूर्व राष्ट्रिय खेलाडी रुपक गुरुङ, सहारा क्लब पोखराका संस्थापक कोषाध्यक्ष रामचन्द्र गुरुङ,… पुरा पढौ

लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस र महिला तर्फ डायमण्ड शीर्षस्थानमा

भदौ ३१ पोखरा । लामाचौरमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फ डायमण्ड र पुरुष तर्फ पुलिस क्लब शीर्षस्थानमा रहेका छन् । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा जारी राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा आइतबार राउन्डरोविन लिग चरणको सम्पुर्ण खेल सम्पन्न हुने भनिएपनि सम्भवन नहुँदा फाइनल तथा लिगका अन्य खेल सोमबार (भोलि) हुने भएको छ । महिला तर्फ लिगचरण सम्पन्न हुने स्थिति भएपनि अन्तिम खेलमा एपिएफ र पुलिस बिचको खेल प्रकाशका कारण हुन नसक्दा खेल स्थगित हुन पुगेको हो । अन्तिम… पुरा पढौ

पोखरामा सर्वाधिक राशीको खुला फुटसल प्रतियोगिता असोज २७ देखि

भदौ ३१ पोखरा ।पोखरामा राजन एण्ड द ब्रदर्शले नेपालकै सर्वाधिक राशीको ‘दोस्रो राष्ट्रिय खुला फुटसल प्रतियोगिता’ आयोजना गर्ने भएको छ । ‘परिवर्तनका लागि खेलकुद’ नारासहित पोखरा रंगशालास्थित कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । आयोजक संस्थाका अध्यक्ष राजन गुरुङले सो प्रतियोगिता आगामी असोज २७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने बताए । उनले राष्ट्रिय फुटसल लिग च्याम्पियन पोखराको स्पोर्टस् क्यासल प्रालिसँग सहकार्य गरेर प्रतियोगिता सञ्चालन गर्ने बताए । यसअघि सम्पन्न पहिलो संस्करणको प्रतियोगितामा आयोजक… पुरा पढौ

पोखरामा नेपालकै सर्वाधिक राशीको खुला फुटसल प्रतियोगिता, च्याम्पियनलाई ५ लाख

असोज २७ देखि ३० गतेसम्म प्रतियोगिता हुनेपोखरा । पोखरामा राजन एण्ड द ब्रदर्शले नेपालकै सर्वाधिक राशीको ‘दोस्रो राष्ट्रिय खुला फुटसल प्रतियोगिता’ आयोजना गर्ने भएको छ । ‘परिवर्तनका लागि खेलकुद’ नारासहित पोखरा रंगशालास्थित कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । आयोजक संस्थाका अध्यक्ष राजन गुरुङले सो प्रतियोगिता आगामी असोज २७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने बताए ।उनले राष्ट्रिय फुटसल लिग च्याम्पियन पोखराको स्पोर्टस् क्यासल प्रालिसँग सहकार्य गरेर प्रतियोगिता सञ्चालन गर्ने बताए । यसअघि सम्पन्न… पुरा पढौ

सहारा क्लवको अध्यक्षमा केशवराज बराल

भदौ ३० पोखरा ।सहारा क्लव पोखराको अध्यक्षमा केशवराज बराल चयन भएका छन् ।क्लवको शनिबार पोखरामा सम्पन्न भएको १३ औं अधिवेसनले बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । क्लवको बरिष्ठ उपाध्यक्षमा पूर्ण बहादुर गुरुङ, उपाध्यक्षमा चित्र बहादुर पुन, महासचिवमा पुनःरामजी प्रसाद अधिकारी सचिवमा टंकराज पौडेल कोषाध्यक्षमा बिनु राना मगर सहकोषाध्यक्षमा अशोक लालचल चयन भएका छन् । यस्तै सदस्यमा ज्योती केसी, चन्द्रावती गुरुङ, अम्बर राजभण्डारी, बिष्णु गुरुङ, शुसिल रिमाल र केशव पौडेल चयन भएका छन् । पुरा पढौ

सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पुन पुरस्कृत

पोखरा, भदौ ३० सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पत्रकार उमेश पुन पुरस्कृत भएका छन् । सहारा क्लब पोखराले वर्षेनी प्रदान गर्दै आएको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पुन पुरस्कृत भएका हुन् । क्लवको रजतजयन्तीको अवसरमा शनिबार पोखरा–१७ दोबिल्लास्थित सहारा एकेडेमीमा आयोजित जयन्ती समारोहमा फोटो पत्रकार पुनलाई नगद २५ हजारसहित दोषल्ला र सम्मान पत्रकले पुरस्कृत गरिएको हो । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुनलाई सम्मान गरेका थिए । पुन डेढ दशकदेखि फोटो पत्रकारितामा सकृय छन् । रजत जयन्तीको अवसरमा क्लवले सदस्यको तर्फबाट… पुरा पढौ