सूचना-प्रविधि

लोमान्थाङका दुई सय १० परिवारलाई विद्युतीय चुलो वितरण

म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिकाको दुईवटा वडाका बासिन्दालाई विद्युतीय चुलो वितरण गरिएको छ । दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षणका लागि लोमान्थाङ गाउँपालिकाले चुलो वितरण गरेको हो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार वडा नं ३ फुवा र वडा नं ४ किमलिङका दुई सय १० परिवारलाई निःशुल्क एक–एक थान विद्युतीय चुलो वितरण गरिएको छ । उनले भने “दाउराको विकल्पमा विद्युतीय चुलोको प्रयोग बढाएर वातावरण संरक्षणको प्रयास गरेका हाँै ।” अध्यक्ष गुरुङ र उपाध्यक्ष… पुरा पढौ

फोटोग्राफी : अवश्था, अवसर र चुनौति (सन्दर्भ : १९ अगस्त विश्व फोटोग्राफी दिवस)

आज अगस्ट १९ तारिख विश्व फोटोग्राफी दिवस । हरेक वर्ष अगस्ट १९ मा यो दिवस बिबिध कार्यक्रम गरि मनाइन्छ। यो दिवस सन् २०१० देखि आधिकारिक रूपमा मनाउन थालिएको हो।(१) यो बर्षको थिम :विश्व फोटोग्राफी दिवस २०२४ को थिम “एन् एन्टायर डे” (An Entire Day) रहेको छ। यस थिमको मुख्य उद्देश्य विश्वभरका फोटोग्राफरहरूलाई एउटै दिनको अवधिमा संसारभरका विविध पक्षहरूलाई समेटेर तस्वीरहरू खिच्न प्रेरित गर्नु हो। यसमा प्रत्येक व्यक्तिको अनुभव, परिवेश, र घटनाहरूलाई एउटै दिनमा क्यामेराको माध्यमबाट चित्रण गर्न आह्वान गरिएको छ।फोटोग्राफीको… पुरा पढौ

अनलाइनमार्फत जीवनसाथी खोज्न ‘लमी म्याट्रिमोनी सर्भिसेस’

गण्डकी । पछिल्लो समय ‘स्टार्टअप’ व्यवसायमा युवा पुस्ताको आकर्षण बढ्दो छ । सिर्जनशील सोच भएका यहाँका केही युवाहरुले अनलाइनमार्फत जीवनसाथी खोज्न सघाउने ध्येयले ‘लमी म्याट्रिमोनी सर्भिसेस’ कम्पनी खोलेका छन् । कम्पनीका सामाजिक सञ्जाल व्यवस्थापक निशान सापकोटाले फेसबुक, इन्स्ट्राग्रामबाट उक्त सेवा सुरु गरिएको जानकारी दिए। “छिट्टै कम्पनीको एप र वेभसाइट सञ्चालनमा ल्याउँदैछौँ”, उनले भने, “अनलाइनमार्फत प्रेम जोडी र जीवनसाथी खोज्न सघाउने उद्देश्ययले यो व्यवसाय सुरु गरेका हौँ ।” उनका अनुसार फेसबुकमा रहेको ‘लमी–म्यारी फर रिजन’ र इन्स्ट्रागाममा ‘लमी–नेपाल’ पेजमार्फत उक्त व्यवसाय… पुरा पढौ

सामसुङका कर्मचारी पुनः आन्दोलित

सामसुङ इलेक्ट्रोनिक्सका दक्षिण कोरियाली युनियनका नेता तथा सदस्यले बिहीबार तलब तथा सुविधा वृद्धिका लागि माग गर्दै विरोध प्रदर्शन गरेका छन् । नयाँ वार्ता असफल भएपछि उनीहरूले कम्पनी अध्यक्ष र उत्तराधिकारीको घरमा घेराउ गरेका हुन् । युनियनले जुलाईमा पनि तलब तथा सुविधा वृद्धिका लागि माग गर्दै हडताल गरेका थिए । उक्त समूहले सोही आन्दोलनलाई स्वरूप बदलेर ‘अनिश्चितकालका लागि’ विस्तार गरेको थियो । आन्दोलित कामदारहरूले यस हप्ताको सुरुमा उत्पादन मेसिन अवरूद्ध गरेपनि दोस्रो त्रैमासिकमा नाफामा भएकाले सेमिकन्डक्टर प्रशोधनमा ढिलाइ भए पनि प्रभाव… पुरा पढौ

घिरिङका किसानलाई अनुदानमा हातेट्रयाक्टर अनुदान

दमौली । गाउँघरमा गोरु पाल्ने प्रचलन हराउँदै गएपछि र कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले घिरिङ गाउँपालिकाले किसानलाई अनुदानमा हातेट्रयाक्टर वितरण गरेको छ । गाउँपालिकाले किसानलाई पचास प्रतिशत अनुदानमा हातेट्रयाक्टर वितरण गरेको हो । कृषियन्त्र तथा औजार वितरणमा पचास प्रतिशत अनुदान कार्यक्रमअन्तर्गत रु १९ लाख ६८ हजार बजेटमा ३२ वटा हातेट्रयाक्टर खरिद गरिएको थियो । गाउँपालिकाका कृषि शाखा प्रमुख रवि रामदामका अनुसार प्रतिट्रयाक्टरको मूल्य रु ६१ हजार पाँच सय रहेकामा गाउँपालिकाले पचास प्रतिशत अनुदान व्यहोर्नेगरी छनोट भएका किसानलाई उनीहरूबाट रु ३० हजार… पुरा पढौ

गहुँतलाई मल र जैविक विषादीको रुपमा प्रयोग

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको बिरौटाका किसानले गहुँतलाई मल र जैविक विषादीको रुपमा प्रयोग गरेका छन् । धौलागिरि बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्ममा पालिएका गाईभैँसीको गहुँतबाट मल र जैविक विषादी बनाइ प्रयोग गरिएको हो । फार्म सञ्चालक शिव खड्काले गहुँतको सदुपयोग गरिएको बताए । “२४ वटा गाईभैँसीको गहुँत पोखरीमा सङ्कलन गरी पानी मिसाएर पाइपमार्फत पाखोबारीको सुन्तला बगैँचामा लगेका छौँ,” उनले भने “सुन्तलाका बिरुवाका लागि मल किन्न परेको छैन ।” गहुँतको सदुपयोगले जैविक विषादीको काम गरेकाले दोहोरो फाइदा पुगेको उनको… पुरा पढौ

पृथ्वीराजमार्ग सात घण्टापछि खुल्यो

तनहुँ । पृथ्वीराजमार्गअन्र्तगत व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खसेर अवरुद्व भएको सडक सात घण्टापछि खुलेको छ । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाका तीनवटा उपकरण प्रयोग गरी पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले राससलाई जानकारी दिए । “ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो”,उनले भने, “अहिले दुइतर्फी सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ ।” पहिराले अस्पतालमा क्षति, सेवा बन्द तनहुँको भानु नगरपालिका–५ स्थित पुरनडिही अस्पताल भवनमा पहिरो खस्दा सेवा प्रभावित भएको छ । पहिराले अस्पताल… पुरा पढौ

पृथ्वी राजमार्ग राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने

काठमाडौँ । सडक विभागले पृथ्वी राजमार्गअन्तर्गत नौबिसे मलेखु सडकखण्डमा पर्ने गणेश खोला, डाङ्डुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुल मर्मत गर्नुपर्ने भएकाले राति १० देखि बिहान ३ बजेसम्म बन्द गर्ने भएको छ । सडक प्रयोगकर्तालाई हुनसक्ने जोखिम तथा यातायात आवागमनमा बाधा पर्न जाने देखिएकाले सम्भावित जोखिमलाई दृष्टिगत गरी उक्त सडक बन्द गर्ने निर्णय भएको विभागले जनाएको छ । “ आगामी साउन ९ गतेसम्म हरेक दिन राति १० बजेदेखि बिहान ३ बजेसम्म सम्पूर्ण सवारीसाधनलाई (एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने… पुरा पढौ

सडकको अवस्था बुझेर मात्रै यात्रा गरौँ

काठमाडौँ । नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले यात्रुहरू बीच बाटोमै अलपत्र हुने अवस्था देखिएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणमा अनुरोध गरिएको बताए । प्रहरीका अनुसार मनसुनका कारण अविरल वर्षापछि विभिन्न स्थानमा आएको बाढी तथा पहिरोले सडक अवरुद्ध भएको ठाउँठाउँमा भत्किएका, भासिएकाले दर्जनौँ सडक अझै खुलेको छैन । वर्षा जारी रहेकाले थप अवरोधको सम्भावना… पुरा पढौ

एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले २४ घण्टामा ३४ लाख एसएमएस सर्वसाधरणलाई सम्प्रेषण गरेको छ । विभागले नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा शनिबार मध्याह्न १२ देखि आज १२ बजेसम्म मुलुकको विभिन्न स्थानमा परेको वर्षासँगै बाढी तथा पहिरोसम्बन्धी जानकारी दिन ३४ लाख बढीलाई एसएमएस सम्प्रेषण गरेको हो । विभागका प्रवक्ता सुनिल पोखरेलले बाढीबाट हुन सक्ने धनजनको क्षति न्यूनिकरण गर्ने लक्ष्यले जनचेतनाका लागि एकै दिनमा ३४ लाखको हाराहारीमा सर्वसाधरणलाई एसएमएस पठाएको जानकारी दिए । “बाढीको जोखिम भएका क्षेत्र आसपासमा बस्ने सर्वसाधरणलाई… पुरा पढौ