सूचना-प्रविधि

सूचनाको हक र सञ्चार क्षेत्रको सुदृढीकरणले लोकतन्त्रलाई बलियो बनाउँछ : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सूचनाको हक र सञ्चार क्षेत्रको सुदृढीकरणले लोकतन्त्रलाई बलियो बनाउने बताएका छन् । राष्ट्रिय सूचना आयोगको आयोजना र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेशको सहकार्यमा भएको प्रदेशस्तरीय अनुगमन इकाई प्रमुखसँग “सूचनाको अधिकार ः कार्यान्वयनको चुनौति” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारी तथा सार्वजनिक निकायहरूको काममा उत्तरदायित्व, पारदर्शिता र लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात् गर्नका लागि नागरिकको सूचनामा पहुँच अपरिहार्य रहेको उल्लेख गरेका हुन् । मन्त्री थापाले सूचनाको हकसम्बन्धी ऐनको कार्यान्वयनमा… पुरा पढौ

माउन्ट एभरेष्ट मोटरस्पोट्र्स फेस्टिभलमा आशिषहरुको दबदबा

पोखरा । माउन्ट एभरेष्ट मोटरस्पोट्र्स फेस्टिभलमा आशिष भारतीे अटोक्रस च्यालेन्ज र नेपाल अटोजिखाना (पुरुष) तथा आशिष कुमार शाक्य कार्ट्समाण्डु कप र नवाङ्ग मोक्ताङल नेपाल अटोजिखाना (महिला)मा प्रथम भएका छन् । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा पौष २० गते हिमालयन मोटरल्याड, धुलिखेलमो माउन्ट एभरेष्ट मोटर स्पोट्र्स फेस्टिभल भव्यताका साथ सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसको स्पोर्टस् डेभेलप्मेन्ट प्रोग्राम अन्तर्गत टोटल इनरजिज नेपालको शीर्षक प्रायोजन र बागमति प्रदेश खेलकुद विकास परिषद्र्का अर्थिक सहयोगमा भएको सो फेीसभलमा मोटरस्पोर्टस्का चारवटा विधामा… पुरा पढौ

काठमाडौँमा भूकम्पको धक्का

काठमाडैँ । काठमाडौँमा आज दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर चार दशमलव आठ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका प्रवक्ता मोनिका झाका अनुसार विसं २०७२ को गोरखा केन्द्रविन्दु भएको भूकम्पकै पराकम्प स्वरुप आजको धक्का महसुस गरिएको हो ।रासस पुरा पढौ

‘दूरसञ्चार क्षेत्रको अस्तित्व खतरामा’

दूरसञ्चार क्षेत्रको निरन्तर रुपमा घटिरहेको आयले गर्दा दूरसञ्चार सेवा प्रदायकहरुको अस्तित्व खतरामा परेको सेवा प्रदायक कम्पनीहरुले बताएका छन् । हालै पोखरामा आयोजित गण्डकी प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर र चुनौती सम्बन्धमा आयोजित एक दिने कार्यक्रममा यो चिन्ता ब्यक्त गरिएको हो । कार्यक्रममा प्रस्तुत गरिएको तथयाङ्क अनुसार विगत ६ वर्षमा टेलिकम कम्पनीहरुको आय रु २४ अर्बले घटेको छ र यो आउँदो ५ वर्षमा अझै थप रु १६ अर्बले घट्ने प्रक्षेपण गरिएको छ । घट्दो आम्दानीका कारण कम्पनीहरुले पुँजीगत लगानी गर्न… पुरा पढौ

पोखरा महोत्सवको सह प्रायोजकमा बन्दीपुर केबुलकार, महोत्सवमा आउनेलाई केबुलकारमा बिशेष छुट

पोखरा । १३ औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा रहेर बन्दीपुर केबुलकारले सहकार्य गर्ने भएको छ । आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवमा बन्दीपुर केबुलकारले सह प्रायोजकमा रहेर साथ दिने भएको हो । महोत्सव आयोजक युनाईटेड क्लब पोखराका पदाधिकारी र बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेड बीच पोखरा महोत्सव सफल बनाउन सहकार्य गर्ने गरी सहमति भएको छ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडका भाइस प्रेसिडेन्ट किरण… पुरा पढौ

टिकटकले हटायो छ हजार ७८ भिडियो

मंसिर १८ काठमाण्डौं । टकटकले नेपालमा दुई महिनामा कम्युनिटी ‘गाइडलाइन्स’ विपरीत पोष्ट गरेका छ हजार ७८ भिडियो हटाइएको छ । अप्रिल र जुन महिनामा पोष्ट भएका उक्त भिडियोमध्ये ९९ दशमलव १ प्रतिशत तुरून्तै हटाएको र ९३ दशमलव २ प्रतिशत भिडियो २४ घन्टाभित्र हटाएको टिकटकका प्रतिनिधिले जनाएका छन् । काठमाण्डाँैमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा टिकटकले आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट नेपाल’ कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरिएको थियो । कार्यक्रममा टिकटक प्रतिनिधि सिद्रा जलिलले टिकटकले नियमन गर्न बनाएको निर्देशिका… पुरा पढौ

विपद्बाट जोगिन पर्वतमा मौसम सूचना केन्द्र स्थापना

पर्वत । मौसमका कारण घट्ने विपद्जन्य घटनाको न्यूनीकरण गर्ने उद्देश्यले पर्वतमा मौसम सूचना केन्द्र स्थापना गरिएको छ । युएसएआइडीको आर्थिक सहयोगमा आपसी सहयोग केन्द्र (आस्क) नेपालले मोदी गाउँपालिकामा मौसम सूचना केन्द्र (वेदर स्टेशन) स्थापना गरेको हो । मौसमको पूर्वानुमान गरी नागरिकलाई सम्भावित जोखिमबारे समयमा जानकारी दिने उद्देश्यले स्टेशन स्थापना गरिएको गाउँपालिकाले जनाएको छ । यसबाट विशेगरी वायुमण्डलीय अवस्थाका विभिन्न पक्षहरूको मापन, निगरानी र विश्लेषण गरी नागरिकलाई समयमा सूचना प्रवाह गरिने मोदी गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत दिपक शर्माले जानकारी… पुरा पढौ

प्रतिभा माविमा विज्ञान प्रदर्शनी

पोखरा । पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा आइतबार एकदिने विज्ञान प्रदर्शनी आयोजना गरिएको छ । विद्यार्थीमा नयाँ ज्ञान र खोज सहितको प्रतिभा बाहिर ल्याउनका लागि विज्ञान प्रदर्शनी आयोजना गरिएको विद्यालयले बताएको छ । विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेल र राष्ट्रिय परीक्षा बोर्डका गण्डकी प्रमुख गोबिन्दराज पोखरेलले उक्त प्रदर्शनीको उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यार्थीमा लुकेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले एकदिने प्रदर्शनी आयोजना गरिएको बताए । सापकोटाका अनुसार कक्षा ४ देखि १२ सम्मका विद्यार्थी उक्त प्रदर्शनीमा सहभागि थिए… पुरा पढौ

टेलिकमको अवरुद्ध सेवा सञ्चालन

काठमाडौँ । नेपाल टेलिकमको मोबाइल सेवा आज बिहान केहीसमय अवरुद्ध भएको थियो । बिहान १०ः४५ देखि ११ः३० बजेसम्म मोबाइल सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई असुविधा भएको छ । कार्यालय समयमा सेवा अवरुद्ध हुँदा सञ्चार सम्पर्कमा कठिनाइ बेहोर्नुपरेको थियो । नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार प्राविधिक कारणले बिहान ११ः४५ बजेसम्म मोबाइल सेवा अवरुद्ध भएको थियो । “बिहान ११ बजेको आसपासमा केही समय आंशिक रूपमा सेवा अवरुद्ध भएको थियो । अहिले सबै सेवा नियमित सञ्चालन भइसकेका छन् । खास गरी पोष्टपेड र… पुरा पढौ

एसओएस गण्डकीमा बृहत् विज्ञान प्रदर्शनी

पोखरा । पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा बृहत् विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा आयोजित उक्त प्रदर्शनी विज्ञान विभाग र एसओएस गण्डकीमा क्रियाशील सूचना तथा सञ्चार क्लबको आयोजनामा सम्पन्न भएको हो । गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव तोयनाथ लम्सालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त प्रदर्शनीमा विज्ञान विषयसँग सम्बन्धित सामग्रीहरू प्रदर्शन गरिएका थिए । विद्यार्थीको लघुअनुसन्धान र प्रयोगात्मक परियोजनामा आधारित सामग्री नै प्रदर्शनीका प्रमुख आकर्षण थिए । उनीहरूले आफ्ना प्रदर्शनीहरूलाई दैनिक र व्यावहारिक… पुरा पढौ