सूचना-प्रविधि

लायन्सद्वारा धौलागिरि आँखा अस्पताललाई ८० लाखको उपकरण सहयोग

गण्डकी । लायन्स क्लब इन्टरनेसनल फाउण्डेशनले बागलुङस्थित धौलागिरि आँखा अस्पताललाई रु ८० लाख ८१ हजार बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ । उक्त सहयोग परियोजनाको शुभारम्भसँगै बिहीबार क्लबका अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले नेत्र ज्योति सङ्घ, बागलुङका अध्यक्ष विन्दुसागर राजभण्डारीलाई आँखा उपचारसम्बन्धी उपकरण हस्तान्तरण गरेका हुन्। निर्देशक बुर्लाकोटीले बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ, गुल्मी र अर्घाखाँचीका सर्वसाधारणलाई लक्षित गरी उक्त सहयोग परियोजना भित्र्याइएको बताए। “आँखाका बिरामीका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यी उपकरण सहयोग गरिएको हो, यस क्षेत्रका बिरामीलाई उपचारका… पुरा पढौ

ढोरपाटनका किसानलाई अनुदानमा हाते ट्याक्टर

ढोरपाटन । बागलुङको ढोरपाटन नगरपालिकाले किसानलाई आधुनिक प्रविधिसँग जोड्न हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाका नौ वटै वडाबाट सिफारिस भएर आएका किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो । किसानको माग र आवश्यकलाई मध्यनजर गरी नगरपालिकाले हाते ट्याक्टर उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत चीरञ्जीवी घिमिरेले बताए। विभिन्न वडाका १९ जना किसानलाई हाते ट्याक्टर वितरण गरेको उनको भनाइ छ । किसान र नगरपालिकाको गरी कूल रु नौ लाख ९२ हजार बजेटमा हाते ट्याक्टर उपलब्ध गराएको घिमिरेले बताए। प्रतिहाते… पुरा पढौ

‘डिजिटल सेवा प्राप्ति निगाह होइन, अधिकार हो’

पोखरा । निजी र सरकारी सेवा प्रवाह प्रभावकारी बनाउने उद्देश्यसहितसरकारले २०७६ सालमा ल्याएको डिजिटल नेपाल फ्रेमवर्क संशोधन गरिनुपर्ने विज्ञले औंल्याएका छन् । एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘डिजिटल नेपाल’ सत्रमा पत्रकार सरस्वती ढकालसँगको संवादमा आइतबार दुरसञ्चार विज्ञ विशाल उपाध्यायले पछिल्लो समय एआईको प्रयोग बढेकाले त्यसलाई समेट्न डिजिटल नेपाल फ्रेमवर्क संशोधन गर्न आवश्यक रहेको बताए । तथ्यांक हेर्दा नेपालमा इन्टरनेटको प्रयोग बढेको र यो डिजिटल नेपाल बनाउने अभियानका लागि सकारात्मक विषय भएको उनको भनाइ थियो । डिजिटल नेपाल फ्रेमवर्कमा कृषि उत्पादन… पुरा पढौ

मानव र टेक्नोलोजी सँगै हिँड्नुपर्छ

पोखरा । पोखरामा जारी एनसेल फाउन्डेसन लिटरेचर फेस्टिभलको चौथो तथा अन्तिम दिन आइतबार निकै महत्वपूर्ण सेसन भए । ‘एआई, विघटन र मानवताको भविष्य’ शीर्षकमा अलिमिया कक्षमा भएको सेसन झन् पेचिलो बन्यो । सेसनमा सहजकर्ताका रुपमा सञ्चार, सूचना तथा प्रविधि लगायत बिटमा कलम चलाउँदै आइरहेकी सजना बराल थिइन् भने वक्ताका रुपमा दोभान राई, बालकृष्ण बल र विकास गुरुङ सहभागी थिए । वक्ताका रुपमा सहभागी तीनै जना टेक्नोलोजीको विषयमा जानकार छन् र यही विषयमा उनीहरुले अध्ययन पुरा गरेका हुन् । प्रविधिको दुनियाँमा… पुरा पढौ

लमजुङमा भूकम्प

लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर ११ मिनेट जाँदा मस्र्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ।रासस पुरा पढौ

पर्वतमा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा

पर्वत । पर्वतको कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आएको छ । साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको द क्लिफमा सञ्चालनमा आएको मेगाट्रोल २५५ मिटर अग्लो र लम्बाइ एक हजार २२८ मिटर छ । बलेवास्थित द क्लिफ परिसरमा रहेको टावरदेखि कुश्माबजारभन्दा मुनि रहेको टावरसम्म मेगाट्रोलमा यात्रा गर्न सकिन्छ । यसमा एकै पटकमा तीन जनासम्म खेल्न सकिने जनाइएको छ । मेगाट्रोलमा एक्लै वा जोडीसँगै पनि खेल्न सकिने द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । उनका अनुसार… पुरा पढौ

बागलुङमा सेवाग्राही विदेशिएपछि पन्ध्र हजार परिचयपत्र थन्कियो

गलकोट । सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फारम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको कार्यालयका प्रशासन शाखा प्रमुख रामप्रसाद उपाध्यायले जानकारी दिए । उनले नयाँ परिचयपत्रका लागि दैनिक दुई सयसम्म सेवाग्राही आउने भए पनि तयारी अवस्थामा रहेका परिचयपत्र लिन भने न्यूनमात्र आउने गरेको जानकारी दिए । दैनिक २० देखि ५० जना सेवाग्राही मात्र परिचयपत्र लिन आउने गरेकाले थुप्रो लागेको हो । अहिले वडा… पुरा पढौ

जैमिनी नगरपालिकाले सञ्चालन गर्‍यो ‘निःशुल्क किसान फोन सेवा’

ढोरपाटन । बागलुङको जैमिनी नगरपालिकाले किसानको सहजताका लागि ‘निःशुल्क किसान फोन सेवा’ सञ्चालन गरेको छ । व्यावसायिक कृषि तथा पशुपालन गर्दै आएका किसानलाई प्राविधिक तथा अनुदानका कार्यक्रमलाई प्रभावकारी बनाउन ‘निःशुल्क किसान फोन सेवा’ सञ्चालन गरिएको हो । माघ पहिलो सातादेखि यो सेवा सुरु गरेपछि किसान लाभान्वित हुँदै गएको नगरपालिकाका पशु शाखा प्रमुख डा अच्युत आचार्यले जानकारी दिए । किसानले बालीनाली र पशुचौपायामा समस्या देखिए तत्काल फोन गरेर प्राविधिक सेवा लिन सकिने उनको भनाइ छ । किसानले पशु तथा कृषिसम्बन्धी जानकारी… पुरा पढौ

सिटिजन फर्निचर ग्रुपद्वारा सिटिजन कम्प्युटिङ कम्प्युटर र आईटी सेवाको सुरुवात

पोखरा । सिटिजन फर्निचर र सिटिजन फर्निचर एण्ड फर्निसिङ्ग मार्फत गुणस्तरीय सेवा प्रदान गर्दै आएको सिटिजन समूहले आईटी क्षेत्रमा पनि आफ्नो व्यवसाय विस्तार गरेको छ। अबदेखि सिटिजन कम्प्युटिङमार्फत कम्प्युटर तथा सूचना प्रविधिसम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवाहरु उपलब्ध गराइने संचालक दिपक कार्कीले जानकारी दिएका छन् । ग्राहकहरुको बढ्दो आईटी सम्बन्धी आवश्यकतालाई ख्याल गर्दै यो सेवा सुरु गरिएको कार्कीले बताए। नयाँ सेवामा कम्प्युटर तथा IT सम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवाहरु उपलब्ध हुनेछन् । ग्राहकले विस्तृत जानकारी र सेवा सम्बन्धी आवश्यकताका लागि ९८५६०२१५७२ र ९८४७२०१५५९ मा… पुरा पढौ

फेवातालमा विन्ड सेन्सर जडान, विपद् प्रतिकार्यमा सुधारको अपेक्षा

पोखरा । पोखराको फेवातालस्थित सशस्त्र प्रहरी बल (एपीएफ) रेस्क्यु वाच टावरमा विन्ड सेन्सर डिभाइस जडान गरिएको छ। ईसिमोड (अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र) सँगको सहकार्यमा आज शुक्रबार जडान गरिएको यो उपकरणले फेवाताल वरपरको हावापानीको गतिविधिको सूचना तीन घण्टा अगाडि नै उपलब्ध गराउनेछ। सशस्त्र प्रहरी बल कालिका गण कास्की पोखराका गणपति एसपी अरुणकुमार शर्माका अनुसार, यस उपकरणको प्रयोगबाट सराङकोटतर्फबाट आउने हावाहुरीका कारण फेवातालमा हुनसक्ने संभावित दुर्घटनालाई पूर्ण रूपमा नियन्त्रण गर्न सकिनेछ। डिभाइस पूणरूपमा सञ्चालनमा आउन अझै दुई हप्ता लाग्ने बताइएको छ।… पुरा पढौ