कृषि

पोखरा ६ का कृषकलाई प्रशिक्षणसहित मल र विउ वितरण

वडा स्तरीय कृषि सञ्जाल पोखरा ६ बैदामले कृषकलाई विभिन्न प्रकारका विउ विजन र गड्यौला मल वितरण गरेको छ । संजालको समन्वयमा किसानलाई जैविक मल उत्पादनमा संलग्न गराई रासायनिक मल तथा विषादीको प्रयोग न्यूनीकरण गर्दै वातावरणमैत्री कृषि प्रणाली प्रवर्द्धन गर्ने लक्ष्य सहित वडाका २ सय ६० जना कृषकलाई विउ र २ हजार किलो मल वितरण सहित प्रशिक्षण दिईएको अध्यक्ष विन्दा धरेलले जानकारी दिइन । कार्यक्रममा पोखरा –६ का अध्यक्ष विष्णु बहादुर भट्टराईले रासायनिक मलको बढ्दो प्रयोगले माटोको उर्वराशक्ति कमजोर बनाउँदै लगे… पुरा पढौ

मातृभुमि बचत समुहको २९ औं साधारण सभा सम्पन्न

पोखरा १९ घार्मी, माझटोलमा रहेको मातृभुमि कृषि बचत समुहको २९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै समुहका सल्लाहकार हुतराज शर्मा पौडेलले ग्रामिण क्षेत्रमा संचालित समुहले स सानो रकम बचत गरी स्थानीयमा बचत गर्ने बानीको विकास गरेको बताए । उनले समुहले बचत मात्र नगरी केही रकम उत्पादन मुलक कृषि क्षेत्रमा लगाउन सुझाव दिए । सल्लाहकार संयोजक ढुण्डिराज पौडेलले विभिन्न क्षेत्रमा सफलता हासिल गरेका सहकारीको अध्ययन गरी अनुभव आदान प्रदान गर्नुपर्नेमा जोड दिए । समुहका अध्यक्ष नन्दराज… पुरा पढौ

रुपामा एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य

कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरी लसुन र प्याजको व्यावसायिक खेती गरिरहेको छ । पालिकाले यस वर्ष एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य राखेको छ । अघिल्लो वर्ष लसुन र प्याजखेतीको नमूना परीक्षण गरेको पालिकाले यस वर्ष किसानलाई अनुदान सहयोग गरी यसतर्फ आकर्षित गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए । उनका अनुसार गाउँपालिकाका सातवटै वडाको करिब ४०० रोपनी क्षेत्रफलमा लसुन र प्याजको खेती भइरहेको छ ।गाउँपालिकाका स्यास्त्री, दर्गामटार, पोल्याङटार, तागेडाँडा, खाल्टे, देउराली, देउराली फेदी,… पुरा पढौ

स्याङ्जामा धान उत्पादन बढ्यो

गत वर्षको तुलनामा यस वर्ष स्याङ्जामा धान उत्पादन वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष १३ दशमलव आठ प्रतिशतले धान उत्पादन बढेको हो । गत वर्ष ३६ हजार ५६० मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष ४१ हजार ६४० मेट्रिकटन उत्पादन भएको जिल्लास्थित कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ नारायण पाठकले जानकारी दिए । स्याङ्जामा यस वर्ष नौ हजार ७२ हेक्टर क्षेत्रफलमा धान उत्पादन भएको थियो । जिल्लामा क्रमशः धान उत्पादन हुने क्षेत्रफल घट्दै गइरहेको छ भने उत्पादनमा वृद्धि हुँदै गइरहेको… पुरा पढौ

पोखरा महानगरपालिकाले किसानलाई गोबर मल खरिद र ढुवानीमा अनुदान दिने

पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्रका किसानलाई गोबरको मल खरिद र ढुवानीमा ५० प्रतिशत अनुदान दिने भएको छ । महानगरभित्रका स्थानीय पशुपालक किसानका फार्ममा मल पूर्ण रूपमा उपयोग नभई खेर जाने गरेकाले मलको सदुपयोग एवं खरिद गर्ने किसानलाई पनि राहत पुगोस् भन्ने उद्देश्यले अनुदानको कार्यक्रम राखिएको महानगरका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । जिल्ला दररेटअनुसार मलको खरिदमा ५० प्रतिशत र ढुवानीमा ५० प्रतिशत अनुदान दिने गरी महानगरबाट सूचना प्रकाशन गरिएको बताउँदै उनले प्राप्त निवेदनका आधारमा अनुदान दिन लागिएको बताए… पुरा पढौ

बेनीमा माघे सङ्क्रान्ति मेलाको तयारी

म्याग्दीको सदरमुकाम बेनीमा ‘११औँ माघे संक्रान्ति मेला’ तथा ‘खाना महोत्सव एवं कृषि मेला’ आयोजना हुने भएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा यही पुस ३० देखि आगामी माघ ३ गतेसम्म बेनीको खुलामञ्चमा मेलाको आयोजना गरिनेछ । आज बेनीमाआयोजित पत्रकार सम्मेलनमा महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले परम्परागत माघे संक्रान्ति मेलाको जगेर्ना, स्थानीय कला संस्कृतिको संरक्षण, महिला उद्यमीहरुको प्रोत्साहन तथा पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले मेला आयोजना गरिएको बताईन् । मेलामा जिल्लाभरबाट कृषि तथा पशुजन्य… पुरा पढौ

म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो

म्याग्दीको प्रमुख नगदे फलफूल बालीका रूपमा रहेको सुन्तलाको यस वर्ष उत्पादन घटेको छ । सुन्तलाखेती हुने जमिनको क्षेत्रफल र मूल्य बढे पनि उत्पादकत्वमा कमी आएको हो । जिल्लास्थित कृषि विकास कार्यालयका अनुसार गत वर्षको तुलनामा पाँच दशमलव ५६ प्रतिशतले उत्पादन घटेको छ । यस वर्ष विभिन्न रोग र किराको सङ्क्रमण नभए पनि बोटमा दाना पातलो लागेकाले उत्पादन घटेको कार्यालयका प्रमुख सञ्जीव बास्तोलाले बताए । “यस वर्ष मौसमले साथ दिएको हो । रोगकिरा नदेखिएको र विपद्ले क्षति नगरे पनि यसपालि दाना… पुरा पढौ

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले यसतर्फ आकर्षित भएका हुन् । उत्पादित कागतीले बजार नपाएपछि भने किसानमा निराशा छाएको छ । बजारमा भारतीय कागती सस्तोमा किनबेच हुँदा स्थानीय उत्पादनले मूल्य पाउन नसकेको हो । जिल्लाको निसीखोला, ढोरपाटन, बडिगाडलगायत स्थानमा उत्पादित कागतीले बजार नपाएपछि कुहिएर खेर जान थालेको किसान बताउँछन् । कागतीको चुकसमेत बिक्री नहुँदा लगानी खेर जाने चिन्ता बढेको निसीखोलाका किसान पर्वत घर्तीले बताए । गत… पुरा पढौ

पोखरा २६ का कृषकलाई कृषि सामग्री तथा औजार वितरण

पोखरा महानगरपालिका वडा नं. २६ स्थित जनप्रिय सहकारी संस्था लिमिटेडले आफ्ना लघु बचत तथा कर्जा कारोबार गर्ने सदस्यहरूलाई लक्षित गरी ५० प्रतिशत अनुदानमा कृषि सम्बन्धी सामग्री तथा औजार वितरण गरेको छ। कृषि विकास कार्यालय विरौटाबाट ५० प्रतिशत अनुदानमा प्राप्त मिनी टेलर (हाते ट्र्याक्टर) आलु रोप्ने फालीसहित वितरण गरिएको हो भने सहकारीको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोदाली, चाँदे कोदाली, बाउसो, स्प्रे, करौते, हसियाँ र हजारीलगायतका कृषि औजारहरू पनि ५० प्रतिशत अनुदानमा वितरण गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि कृषि विकास कार्यालय बागबानीका अधिकृत… पुरा पढौ

म्याग्दीमा पुन परिवारले गरे वडा कार्यालयलाई जग्गा दान

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालयको भवन निर्माणका लागि स्थानीयले रु एक करोड मूल्य पर्ने जग्गा दान गरेका छन् । छिमेकी मुलुक चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकसँग जोडिएको पर्यटकीयस्थल महभिर झरना नजिकै रहेको चार रोपनी क्षेत्रफलको जग्गा निःशुल्क प्राप्त भएको हो । अन्नपूर्ण गाउँपालिका–७ का वडाअध्यक्ष मइलन गर्बुजा पुनका अनुसार भक्तराज पुन, चतिमा गर्बुजा, भक्तबहादुर गर्बुजा, लोकबहादुर फगामी, लोकबहादुर पुन, भिममाया गर्बुजा, गौमाया गर्बुजा, सुनमति गर्बुजा, प्रितिम रन्तिजा, गौरी गर्बुजाले ११ कित्ता जग्गा दान गरेका हुन् ।… पुरा पढौ