गण्डकी प्रदेश

आर्थिक नीति सुधार्ने गरी काम गर्छु : आर्थिक मामिलामन्त्री आले

गण्डकी प्रदेशका नवनियुक्त आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले प्रदेशको खस्कँदो आर्थिक नीति सुधार्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार पदभार ग्रहण गरेपछि तनहुँ आएका मन्त्री आलेले नेपाली कांग्रेस तनहुँले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा आफ्नो कार्यकालमा प्रदेशवासीको आर्थिक सुधारको कार्यक्रम नै मुख्य प्राथमिकतामा पर्ने बताए । “अहिले मुलुकको आर्थिक अवस्था खस्कँदो छ । प्रदेशको आर्थिक अवस्थालाई सुधार गर्नु मेरो पहिलो प्राथमिकता हुनेछ”, उनले भने। मन्त्री आलेले आफूले जिल्ला र प्रदेशका जनतामाथि विश्वासघात नगर्ने बताउँदै नागरिकको हितलाई केन्द्रमा… पुरा पढौ

गण्डकीमा मन्त्रालयको कार्य विभाजन हेरफेर हुने

गण्डकी प्रदेशमा मन्त्रालयको कार्य विभाजन हेरेफेर हुने भएको छ । मन्त्रालयको सङ्ख्या भने सातभन्दा नबढ्ने प्रदेश सरकारले प्रष्ट पारेको छ । अघिल्लो सरकारले मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर सातमा झारेको थियो । नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रालय घटाउँदा कार्य विभाजन नमिलेको देखिएकाले केही परिमार्जन गर्न लागिएको बताए । “मन्त्रालयको सङ्ख्या सात नै रहन्छ, बढ्दैन, तर नयाँ कार्य विभाजन हुन्छ”, उनले भने, “आज कार्य विभाजन टुङ्गिन्छ, त्यसपछि मन्त्रिपरिषद् विस्तार हुन्छ ।” मुख्यमन्त्री पाण्डेले गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँटमा सहमति भइसकेकाले अब मन्त्री… पुरा पढौ

प्रकाश बराल : कास्केली राजनीतिमा उदाउँदो नक्षत्र

पोखरा, कात्तिक २३ भनिन्छ, अवसर पायो भने हरेक मान्छे नायक बन्न सक्छ । तर कतिले त्यो अवसर नै पाउँदैन् । रत नायक नबन्दै कयौं मान्छेको ईहलिला समाप्त हुन्छ । तर कतिपयले अवसर पाउँछन् र आफूलाई प्रमाणित गर्दै ईतिहासमा आफ्नो नाम लेखाउँछन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा यस्तै नायक हुने अवसर कतिले पाउँछन् त्यो हेर्न बाँकी छ । तर कास्की क्षेत्र नम्बर–३ को-२ का गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बनेका प्रकाश बराल तिनै कम भाग्यमानी मध्येका एक हुन सक्छन् ।… पुरा पढौ

गण्डकी प्रदेशलाइ नमुना प्रदेश बनाउछौं : नेता खगराज अधिकारी

पोखरा । नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्वर १ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार खगराज अधिकारीले गण्डकी प्रदेशलाइ नमुमा प्रदेश बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । रुपा गाउँपालिका वडा नम्बर ५ देउराली,फेदी,रामदी र खडागाउमा घरदैलो पछिको कोण सभालाई सम्बोधन गर्दै अधिकारीले उक्त कुरा बताएका हुन् । एमालेका संगठन बिभाग प्रमुख समेत रहेका नेता अधिकारीले यो देशको बिकास र जनताका सपना पुरा गर्ने पार्टी एमाले रहेको बताउदै बिकासका लागि सबै दललाइ हातेमालो गरेर अगाडी बढ्न आह्वान गरे । चुनाब पछि… पुरा पढौ

ट्र्याक्टर दुर्घटनामा १८ वर्षिय घर्तिमगरको मृत्यु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा आज भएको ट्र्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पर्वतको मिलनचोकबाट दग्नाममा निर्माणाधीन अपर राहुघाट जलविद्युत् आयोजनाका लागि निर्माण सामग्री लिएर जाँदै गरेको ग१त ६०४४ नंको ट्र्याक्टर पानाकोट भन्ने ठाउँमा दुर्घटना भएको हो । ट्र्याक्टरको ढालाले च्यापिएर रोल्पाको सुनछहरी गाउँपालिका–३ का १८ वर्षीय नरजित घर्तिमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिए । सडकबाट १४ फिट तल खसेको ट्र्याक्टरले च्यापिएर सख्त घाइते भएका घर्तिमगरलाई उपचारका लागि बेनी अस्पताल ल्याउँदा… पुरा पढौ

पोखराको विन्ध्यवासिनी मा.वि.७५ वर्षमा, विभिन्न कार्यक्रम गरि हीरक जयन्ती मनाउने

पोखरा । पोखराकै पुरानो विद्यालय विन्ध्यवासिनी मा.वि वाटुलेचौरले विभिन्न कार्यक्रम गरी विद्यालय ७५ वर्ष प्रवेशको अवसरमा हीरक जयन्ती मनाउने भएको छ । वि.सं २००४ सालमा स्थापना भएको उक्त विद्यालयले पुस २७ गते हीरक जयन्तीको उद्घाटन गरी चार महिनासम्म विभिन्न कार्यक्रम सहित आगामी २७ गते समापन गरिने वुधवार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा अधिकारी थापाको अध्यक्षतामा ७५ सदस्यीय कार्य समिति, २८ सदस्यीय सचिवालय तथा विभिन्न व्यक्तिको संयोजकत्वमा २९… पुरा पढौ

लेखा इकाईमा कार्यरत कर्मचारी अर्थका सिपाई नै हुनः अर्थ मन्त्री बराल

तनहुँ । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले लेखा इकाई कार्यालयहरुमा कार्यरत कर्मचारीलाई अर्थ क्षेत्रका सिपाई नै भएको बताएका छन् । गण्डकी प्रदेश सरकारको बजेट कार्यान्वयन र निकासा सम्बन्धमा लेखा इकाई कार्यालयका प्रतिनिधिहरुसंगको तनहुँको बन्दीपुरमा आइतबार आयोजना भएको अन्तरक्रिया कार्यक्रममा वोल्दै मन्त्री बरालले उक्त कुरा बताएका हुन् । उनले भने “स्वभाविक रुपमा समयको कुनै प्रवाह नै नगरी शान्ति सुरक्षा दिने सिपाईको रुपमा सेना, पुलिस हुन भने अर्थ क्षेत्रका सिपाई लेखा इकाईमा कार्यरत कर्मचारी हुन, उनीहरुको प्रोत्साहनको लागि सरकारले… पुरा पढौ

गण्डकी प्रदेशमा ५ हजार ६ सय बढी आइसोलेसनमा

पोखरा । गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय बढी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । शुक्रबार प्रदेशमा ३०३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ५७७ जना संक्रमणमुक्त भएसंगै सक्रिय संक्रमितको संख्या ५ हजार ६०४ पुगेको हो । संक्रमित मध्य ५ हजार २११ जना होमआइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १ हजार ३८ जनामा गरिएको परीक्षणमा ३०३ जनामा संक्रमित पुष्टि भएको हो । त्यस्तै ५७७ जना संक्रमणमुक्त भएका छन् । संक्रमित हुनेमा सबै भन्दा धेरै कास्कीका ११०, गोरखाका… पुरा पढौ

गण्डकी प्रदेश सरकारले सबै नागरिकलाई कोभिड–१९ खोप सुनिश्चित गर्ने

पोखरा । गण्डकी प्रदेश सरकारले प्रत्येक नागरिककलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने भन्दै खोप खरिदका लागि आवश्यक बजेट बिनियोजन गरेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले बताएका छन् । अर्थ मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री पोखरेलले मंगलबार गण्डकी प्रदेश सरकारका तर्फबाट प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै उनले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक श्रोत र साधनको सुनिश्चित गर्नेगरी बजेट विनियोजन गरेको बताएका हुन् । सरकारले संक्रामक तथा सरुवा रोग अस्पतालमा अत्याधुनिक प्रविधिसहितको सुविधा सम्पन्न भवन… पुरा पढौ

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : कोरोनाको खोप र उपचारमा केन्द्रित

पोखरा । गण्डकी प्रदेश सरकारले कोभिड—१९ को महामारीबाट सृजित समस्याहरुको सम्बोधन गर्ने नीति कार्यक्रम ल्याएको छ । एमाले सरकार गिरेर कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री भएपछि ल्याइएको पहिलो नीति तथा कार्यक्रम कोरोनाबिरुद्धको खोप, रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रीत रहेको हो । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोभिड—१९ बिरुद्धको खोप ब्यबस्थापन गर्ने उल्लेख छ । साथै महामारीबाट बच्न सचेतना, संक्रमण परीक्षण गर्न संघ र स्थानिय तहबाट गरिने कार्यक्रममा सबलीकरण, समन्वय र सहयोग गर्ने… पुरा पढौ