
पोखराका अग्रज संस्कृतीकर्मी एवं पोखराको बाह्र भैरव नाचका अग्रज तथा बयोबृद्ध कलाकार पूर्णकुमार बड्गामीको निधन भएको छ । उनको आज कार्तिक १ गते शनिबार पूर्वाह्न ९ बजे ८५ वर्षको उमेरमा निधन भएको उनका भाञ्जा सुनिल उलकले जानकारी दिए ।
केवल ११ वर्षको उमेरमा बि. सं. २००३ सालको भैरवनाचमा पहिलो पटक कवंचाको रुपमा सहभागी भएका कलाकार बड्गामी भैरव नाचमा नाट्यकारको रुपमा प्रवेश गरेका थिए । नाट्यकारको रुपमा प्रवेश गरेको १२ वर्षपछि २०१५ सालमा भएको बाह्र भैरव नाचमा माहेश्वरी (गंगाजू)को रुपमा नाचमा सहभागी भए । बड्गामीले २०१५ सालदेखि अविछिन्न रुपमा २०७२ सालसम्म नाचेको भाञ्जा उलकले बताए । पछिल्लो भैरव नाचमा अन्तिम पटक सबैभन्दा बढी उमेरको कलाकारको रुपमा ८० वर्षको उमेरमा पनि माहेश्वरीको रुपमा नाच्नु भएर युवा समुहलाई हौसला प्रदान गर्दै आएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।