गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ८ सय नजिक


     एभरेस्ट आवाज    
     कार्तिक ३ गते २०७७ मा प्रकाशित




गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ८ सय नजिक पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म विश्वब्यापी रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण संक्रमित हुनेको संख्या ५ हजार७ सय ८६ पुगेको हो ।

कोभिडका कारण सोमबार विहान ५६ जना संक्रमण पुष्टी भएका छन् । जस अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ३५ जना संक्रमण पुष्टी भएको छ । जसमा पुरुष २० र महिला १५ जना संक्रमित भएको प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक बिनोदविन्द’ शर्माले जानकारी दिए ।

त्यस्तै, चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा ९ जना पुरुष र ४ जना महिलासहित १४ जना तथा भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षणमा २ पुरुष र ५ महिलासहित ७ जना संक्रमित भएको शर्माले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।