गण्डकी प्रदेशमा कोरोनाको उपचार र परिक्षण निःशुल्क भइरहेको दाबी


     एभरेस्ट आवाज    
     कार्तिक ४ गते २०७७ मा प्रकाशित




प्रदेश सरकारले कोरोनाको उपचार तथा परिक्षण निःशुल्क गर्दै आएको दाबी गरेको छ । संघ सरकारले विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस कोभिड–१९ को उपचार बृद्धबृद्धा, अशक्त, बालबालिकालगायतलाई मात्र निःशुल्क गर्ने तर अरुको निःशुल्क नगर्ने घोषणा गरेलगत्तै प्रदेश सरकारले कोरोना भएनभएको थाहा पाउन गरिने पिसीआर र कोरोना भएकाहरुको निःशुल्क गर्दै आएको दाबी गरेको हो ।

मुख्यमन्त्रीको तर्फबाट मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले मंगलबार सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै कोरोनाको निःशुल्क परिक्षण गर्ने र कोरोना भएकाहरुको उपचारपनि निःशुल्क गर्ने क्रम निरन्तर जाने भन्दै त्यसमा कसैलाई द्विविधा नहोस् भनेका छन् ।

नागरिकको दायित्व पूरा गर्नबाट गण्डकी सरकार पछि हटेको छैन,‘संयोजक न्यौपानेले फेसवुक स्टाटसमा अगाडि भनेका छन्,‘कोरोनाको पिसीआर परिक्षण र उपचार खर्च गण्डकी प्रदेश सरकारले नै बेहोर्दै आएको छ, यो सेवा निरन्तर रहन्छ, कसैमा द्विविधा नहोस् ।’ उनले हाल गण्डकी प्रदेशका ३८ ठाउँका आइसोलेसनबाट उपचार भइरहेको उल्लेख गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।