
फुल्नु फूलको धर्म हो
उ आफ्नो धर्म निर्वाहमा कहिले चुक्दैन
कस्तो फुलें? कसरी फुलें? हिसाब जान्दैन
न झरेर जाने दिन गनेर बस्छ
न मरेर जाने दिनको पर्खाइमा रहन्छ
भ्रमरले चुसुन्, माहुरी नै घुसुन्
उ निश्चिन्त आफ्नो यौवन लुटाइरहन्छ
उ लिन जान्दैन सिवाय दिन
प्रकृतिलाई रङ्ग दिन्छ
मान्छेलाई बाँच्ने ढङ्ग दिन्छ
तर मान्छे,
फूलको रङ्ग मनपराउँछ
उस्को बाँच्ने ढङ्ग मन पराउँदैन
फूल भएर मान्छे बाँच्न सक्दैन
किनकी मान्छेमा
फूल जस्तो हृदय हुँदैन
उसको हृदयमा बस्ने कुनै फूल हुँदैन…!
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।