
गण्डकी प्रदेश सरकारले म्याग्दी जिल्लालाईपनि संकटग्रस्त घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको मन्त्री परिषद बैठकले म्याग्दीलाईपनि प्राकृतिक बिपत्तीका कारण पुगेको क्षेतिका कारण संकटग्रस्त जिल्ला घोषणा गर्न संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले यस वर्षको विपद्बाट प्रभावित म्याग्दीलाई पनि संकटग्रस्त जिल्ला घोषणा गर्न संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए ।
यसअघि संघ सरकारले बाग्लुङलाई संकटग्रस्त जिल्ला घोषणा गरेको थियो । बागलुङ जिल्लालाई मात्र संकटग्रस्त जिल्ला घोषणा गरेपछि म्याग्दीबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसदहरुले म्याग्दीलाई पनि संकटग्रस्त जिल्ला घोषणा गर्न माग गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।