ऋषि लिला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार हरि बास्तोला पुरस्कृत भएका छन् । पोखरा वृद्धाश्रमद्वारा सञ्चालित २० हजार राशीको उक्त पुरस्कारबाट बास्तोला पुरस्कृत भएका हुन् । पोखरा वृद्धाश्रमद्वारा बुधबार पोखरामा आयोजित एक कार्यक्रमबीच गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनलगायतले नगदर २० हजारसहित दोषल्ला, माला र सम्मान पत्र प्रदान गरेर पुरस्कृत गरे ।
२०४५ सालदेखि पत्रकारिता गर्दै आएका पत्रकार बास्तोला रासस गण्डकी प्रदेशमा कार्यरत छन् । ३ दशक भन्दा बढी पत्रकारिता गरेका बास्तोला विकासमूलक पत्रकारितामा सबैभन्दा बढी कलम चलाउँछन् ।
कार्यक्रममा वृद्धाश्रमलाई निरन्तर सहयोग गर्दै आएका सांसद द्वय मीना गुरुङ र ईन्द्रधारा विष्टलाईपनि सम्मान गरिएको छ । वृद्धाश्रमको भौतिक पूर्वाधार निर्माण तथा वृद्धाश्रम सञ्चालनका लागि आवश्यक सामग्री निरन्तर सहयोग गर्दै आउनु भएका सांसद द्वय गुरुङ र विष्टलाई सम्मानित गरिएको हो ।
कार्यक्रममा पोखरा विरौटास्थित कृषि बजार ब्यबस्थापन समितिलाईपनि प्रशंसापत्रले सम्मान गरिएको थियो ।
सम्मान ग्रहण गर्दै पत्रकार बास्तोलाले पुरस्कारले आफूलाई थप जिम्मेवारी बोध गराएको भन्दै आफ्नो कर्मलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पुरस्कारले पत्रकारलाई हौसला प्रदान गर्ने बताए । उनले पोखरा वृद्धाश्रमले असहायः वृृद्धवृद्धाहरुलाई आश्रय दिएर जेष्ठ नागरिकको सम्मान गर्ने संस्कृतिको विकास गरेको बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।