गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्माले आफूले चाडपर्व बापत पाएको भत्ता कोरोना कोषमा जम्मा गर्ने घोषणा गर्नु भएको छ ।
उपसभामुख शर्माले बिहिबार प्रदेशसभा सचिवालयलाई पत्र लेखी आफ्नो चाडपर्व भत्ता गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोनारोकथाम,नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न आग्रह गर्नुभएकोे शर्माका स्वकीय सचिव प्रकाश शर्माले जानकारी दिनुभयो ।
शर्माले यसअघि पनि आफ्नो एक महिनाको तलब भत्ता कोषमा जम्मा गर्नुभएको थियो । प्रदेशसभा सचिवालयले चाडपर्व भत्ता सम्वन्धितव्यक्तिको खातामा पठाइसकेकाले आगामी महिनाको तलबबाट कट्टा गरिने जनाएको छ ।
त्यसैगरी सत्तारुढ ने.क.पा.(नेकपा) तथा नेपाली काँग्रेसको संसदीय दलले पनि चाडपर्व भत्ता कोरोेना कोषमा जम्मा गर्ने निर्णयगरिसकेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






