मुख्यमन्त्री पौडेलद्वारा यथास्थानमा आफ्नो परिवारमा सीमित भएर चाडपर्व मनाउन आग्रह


     एभरेस्ट आवाज    
     कार्तिक ७ गते २०७७ मा प्रकाशित




फाइल तस्विर

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सम्भव भएसम्म यथास्थानमा आफ्नो परिवारमा सीमित भएर चाडपर्व मनाउन आग्रह गर्नुभएको छ । विजयादशमीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले चाडपर्व मनाइरहँदा कोरोना सङ्क्रमणको जोखिमबाट बच्न विश्व स्थास्थ्य सङ्गठन तथा नेपाल सरकारले तय गरेका स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गर्न अनुरोध गर्नुभएको छ । उहाँले सरकारले कारोना महामारी नियन्त्रण तथा उपचारमा यथासम्भव प्रयत्न गरिरहेको जनाउँदै यस प्रयासमा नागरिकको साथको उत्तिकै महत्व रहेको औँल्याउनुभएको छ ।
होम आइसोलेशनमा रहनुभएका मुख्यमन्त्री पौडेलले धार्मिक तथा सांस्कृतिक महत्वका साथ मनाइने बडादशैँ, तिहार, छठ, नेपाल संवत्लगायत पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै आपसी प्रेम, सद्भावना र भ्रातृत्वको विकासमा चाडबाडले महत्वपूर्ण योगदान पु¥याउँदैै जनाउनुभएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।