पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषदकाअध्यक्ष डा.बाबुराम भट्टराई दम्पतीलाई नै कोरोना संक्रमण भएको छ । पूर्व प्रधानमन्त्री डा.भट्टराई र उनकी श्रीमती जनता समाजवादी पार्टीकी नेतृ हिसिला यमीलाई कोरोना संक्रमण भएको हो । डा. भट्टराईले सामाजिक सञ्जाल फेसवुकमा आज विहान स्टाटस लेख्दै आफू र आफ्नी श्रीमती हिसिलालाई कोरोना संक्रमण पुष्टी भएको जनाएका छन् ।
उनले चिकित्सकको सल्लाह अनुसार आफूहरु दुबैजना होम आइसोलेसनमा बसेको बताएका छन् । साथै उनले आफूसँग सम्पर्कमा रहेकालाई विशेष सतर्कता अप्नाउन आग्रह गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,१७ वैशाख । अर्थ मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०८१÷८२ को प्रतिवेदन…






