बेलुकाको ७ बज्यो, म मेरो रिसर्चको डेटामा काम गर्दै थिएँ। यत्तिकैमा युट्यूवमा महाबीर पुनको अन्तरवार्ताको नोटिफिकेसन आयो र खोलेर हेरे। तेसपछी केही लेख्न मन लाग्यो। म हाल अमेरिकाको North Dakota State University मा Master’s in Agricultural and Biosystem Engineering पढ्दै छु। म अमेरिका आएको ९ महिना भयो। मेरो रिसर्च मकै उत्पादनमा Artificial Intelligence and Machine Learning को प्रयोग कसरी गर्ने र IT को प्रयोग गरेर मकैको उत्पादन कसरी बढाउने भन्ने बिसयमा हो। (Machine Learning and Deep Learning Network for Crop Row Detection in Drone Images of Corn Field) म नेपाललाइ माया गर्ने नेपाली भएकाले नेपालको खबर र समाचार सँधै हेरेर बस्छु ! देशमा जनताले यस्तो दु:ख पाइरहेको बेला पनि सरकार चलाउने नेताहरु पदकै लागि मात्र मरिमेटेको र भ्रस्टाचार गर्नै व्यस्त भएको देखेर दिक्क लाग्छ। तर एक व्यक्ति “महावीर पुन” ले येति धेरै काम गरेको देखेर उहाप्रति मेरो सम्मान उच्च छ!
मलाइ त लाग्छ नेपाल सरकारलाइ कर तिर्ने पैसा पनि सरकारलाइ नतिरेर महावीर पुन जस्तालाइ दिनुपर्छ, तिरेको कर सबै भ्रस्टाचार गरेरै सक्काउने त हुन् नेताहरुले! तर एउटा जिम्मेवार नागरिकको नाताले मैले तेसो गर्न पनि मिल्दैन ! मेरो बुबा, बाजेको पुस्ता यो देशमा सधै काङ्ग्रेस, एमाले, माओवादी भएर बाँचे तर अब हाम्रो पुस्ता काङ्ग्रेस, एमाले माओवादी बन्ने हैन, हामी स्वतन्त्र हुन सक्नु पर्छ।
मेरो वास्तविकता के हो भन्दा, मलाइ महाबीर पुन जस्तो एकदम साधारण जीवन बाँच्न फिटिक्कै मन लाग्दैन, तर उहाँको जस्तो काम गर्न भने मन लाग्छ। मलाइ राम्रो गाडी, घर र पैसामा पनि रमाउन मन छ र महावीर पुन जस्तै काम गर्न पनि मन छ। म यो दुबै कुरालाइ सँगै लिएर अगाडि बढ्ने उद्श् साथ हिंडेको छु। म महावीर पुन जसरी नै नेपाल फर्केर देशको प्रगतिको लागि काम गर्छु भनेर अहिले नै त भन्न सक्दिन, सायद त्यो दिन पनि आउन सक्छ , तर मैले मेरो जिवनमा कमाउने रकमको केहि अंश आजैबाट सँधै मासिक रुपमा महावीर पुनले खोल्नु भएको National Innovation Center लाई सहयोग गर्नेछु। म अहिले एउटा Student मात्र हु र मेरो income को Source युनिभर्सिटी बाट पाउने Stipend मात्र हो। मैले मेरो मास्टर्स नसकुन्जेल NIC लाई मासिक रु २,००० सहयोग गर्ने निर्णय गरेको छु। तेस्पछी मेरो कमाइ अनुसार यो सहयोग रकम पनि बढाउने छु। सरकारले केहि पनि नहेरेको यो रास्ट्रिय आविस्कार केन्द्रलाइ अब हामी सबै मिलेर अगाडि बढाउन पर्छ ! म जस्ता युवा अमेरिकामा हजारौ छन, मेरो यो निर्णयले ती युवालाइ पनि National Innovation Center लाई केही सहयोग गर्न प्रोत्साहन मिल्नेछ भन्ने आशा लिएको छु।
हामी चाइदो नचाइदो कुरा सामाजिक सन्जालमा भाइरल गरेर बस्छौं, एकपटक महावीर पुनको अनुसन्धान केन्द्रलाइ सहयोग गर्ने अभियान भाइरल गर्ने कि?
Let’s stand with Mahabir Pun . Let’s join the movement. Please donate : (राम सापकोटा अध्ययनका लागि अमेरीका पुगेका विद्यार्थी हुन् )
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१० असार पोखरा । निर्माण सामग्री व्यवसायमा लामो समयदेखि सक्रिय व्यवसायी मनोज…






