भारतको जम्मु कश्मीरमा भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका नेताको हत्या भएको छ ।
भाजपाको य्वा परिषदका महासचिबको हत्या भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
महासचिब फिदा हुसेनसहित तीनजना नेताको हत्या भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । जम्मु कश्मीरको कुलगाम जिल्लामा आतंकवादीले उनीहरुको हत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
महासचिब फिदा हुसेनसहित भाजपाका कार्यकर्ता उमर रशीद बेग र अब्देर रशीद बेगको पनि हत्या भएको हो । गोली लागेर एक जनाको घटनास्थलमै र अन्य दुई जनाको अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको बताइएको छ ।
द रजिस्टेन्स फ्रन्ट नामक संगठनले आक्रमणको जिम्मेवारी लिएको बताइएको छ । उक्त संगठन लक्सर ए तैयबाको सहयोगी भएको जनाइएको छ ।
जम्मु काश्मीरमा विगत केही दिनयता भाजपा कार्यकर्तामाथि लगातार आक्रमण भइरहेका छन् । पार्टीका तीन युवा कार्यकर्ताको हत्या भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले निन्दा गरेका छन् ।
एजेन्सी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ९ कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करीब…






