टर्कीमा ७ म्याग्निच्युटको शक्तिशाली भूकम्प, कम्तीमा २२ जनाको मृत्यु


     एभरेस्ट आवाज    
     कार्तिक १५ गते २०७७ मा प्रकाशित




टर्कीको इजमिर प्रान्तलाई केन्द्र बिन्दु बनाएर शुक्रबार बेलुका गएको ७ म्यागनिट्यूटको भूकम्प गएको छ।

भूकम्पको धक्काले टर्की र छिमेकी ग्रीसमा सम्म ठुलो क्षति पुगेको छ । भूकम्पमा परी टर्की र ग्रिसमा गरी कम्तीमा २२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । टर्कीले भने भूकम्प ६.६ म्याग्निच्युटको भएको बताएको छ।

भूकम्पमा परी ज्यान गुमाउनेहरू अधिकांश ग्रिसको सामोस टापु र टर्कीको इजमिर प्रान्तका भएको बीबीसीले जनाएको छ।

भूकम्पका कारण टर्कीको इजमिर प्रान्तमा मात्रै २० जनाको मृत्यु भएको र ८ सय जनाभन्दा बढी घाइते भएको टर्कीका सञ्चार माध्यमले जनाएका छन्। भवन र पर्खालहरु ढल्दा मानिसहरुको मृत्यु हुनाको साथै घाइते भएका हुन् । टर्कीमा ७ सय ८६ जना घाइते भएका छन् ।

भूकम्पले जनधनको क्षति गर्नुका साथै सुनामी छालहरू पनि ल्याएको बीबीसीले उल्लेख गरेको छ।

टर्कीको इजमिर शहरमा २० वटा भवनहरु ढलेका छन् । भूकम्पपछि पनि त्यहाँ पराकम्प गइरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।