कोरोना संक्रमितको संख्या एक लाख ७० हजार नाघ्यो


     एभरेस्ट आवाज    
     कार्तिक १५ गते २०७७ मा प्रकाशित




कार्तिक १५ पोखरा । नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ७० हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा देशभरबाट थप २ हजार ५०८ जनामा कोरोना पुष्टि भएुसंगै सक्रमितको संख्या बढेको हो ।
स्वास्थ्य तथा जनसंख्याका अनुसार आज १५३२ पुरुष र ९७६ जनामा संक्रमण पुष्टि भएसंगै हाल सम्म नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ७० हजार ७४३ पुगेको हो ।
आज देशभरका प्रयोगशालामा ९ हजार २७९ जनामा गरिएको पीसीआर परिक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन ।

यस्तै सोही समयमा २२ सय ६४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म एक लाख ३१ हजार दुई सय २२ संक्रमणमुक्त भइसकेका छन् । संक्रमण निको हुने दर ७६.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय संक्रमितको संख्या ३८ हजार पाँच सय ८४ छ ।

संक्रमितमध्ये दुई सय ९६ जनाको आइसियू र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७ जनाको ज्यान गुमेको छ । हाल सम्म नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संक्रमितको संख्या नौ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।