कार्तिक १५ पोखरा । चर्चित र्यापर भिटेन उर्फ समिर घिसिङको हालै सार्वजनिक नयाँ र्याप विवाद परेपछि उनले माफी मागेका छन् ।
उनले आफ्नो नयाँ र्याप ‘पारा’ ले कतिपय निकायमा पुग्न गएको ठेस र भिडियोमा प्रयोग भएका शब्दबाट पर्न गएको असुविधा प्रति क्षमा याचना गरेका छन् ।
आज एक विज्ञप्ती प्रकाशित गर्दै उनले ‘भिटेन म्यूजिक ’ यूट्यूव च्यानल मार्फत सार्वजनिक ‘पारा’ले कतिपय निकाय प्रति ठेस पुग्न गएको गुनासो आएकाले म्यूजिक भिडियो कार्तिक १३ गते यूट्यूवबाट हटाई सो गितमा समावेस भएका शब्दहरुलाई संसोधन सहित सार्वजनिक गरिने उल्लेख गरेका छन् ।
साथै उनले उक्त म्यूजिक भिडियोलाई अनाधिकृतरुपमा कुनैपनि माध्यमबाट अपलोड नगरिदिन आग्रह गरेका छन् ।
¥यापको भिडिओमा आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेपछि उनले युट्युबमा राखेको भिडिओ बिहीबार प्राइभेट गरेका थिए ।
भिटेनलाई अश्लील गीत गाएको आरोपमा एक वर्ष अगाडि प्रहरीले पक्राउ गरेको थियो । उनले गाएको ‘हामी यस्तै त हो नि ब्रो’ गीतमा प्रहरीको बदनाम गरेको आरोप लगाइएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल भुतपुर्व खेलाडी मञ्चको रजत महोत्सवको समापन आगामी मंगलबार हुने भएको छ।…







