कोभिड–१९ का कारण पोखराकी एक महिलाको मृत्यु


     एभरेस्ट आवाज    
     कार्तिक १६ गते २०७७ मा प्रकाशित




कोभिड–१९ का कारण पोखरामा थप एक जनाको मृत्यु भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका सहप्राध्यापक डा अर्जुन आचार्यले जारी गरेको विज्ञप्तिमा पोखरा–९ की ६२ वर्षीया महिलाको शनिबार मृत्यु भएको हो।

उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ को उपचार केन्द्रमा मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ।

उनलाई कोभिड–१९ को विरामी भई उनलाई बिहीबार अस्पतालको आइसीयुमा भर्ना गरिएको थियो । उनमा कोभिड–१९, निमोनिया र मधुमेह लगायतको स्वास्थ्य समस्या रहेको विज्ञप्तिमा जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।