गण्डकी प्रदेशमा ७ हजार ५ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान आठ बजे जारी गरेको विज्ञप्तिमा यस प्रदेशमा थप नयाँ २५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
प्रदेशको नवपरासी (ब.सु.पू.) मा १५, कास्कीमा १, लमजुङमा १, गोरखामा ५, तनहुँमा ३ जनामा कोरोना पुष्टि भएको हो।

यसअघि, स्वास्थ्य निर्देशनालयले विहान पौने आठ बजे जारी गरेको विज्ञप्तिमा प्रदेशमा ५२ जना कोरोना संक्रमित थपिएको जनाएको थियो ।
अघिल्लो विज्ञप्तिमा जनाइए अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा थपिएको ५२ जना नयाँ संक्रमितमध्ये कास्कीमा २० जना, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १४ जना, लमजुङमा ८ जना, तनहुँमा ५ जना, स्याङ्जामा ३ जना, पर्वतमा २ जना छन्।
कास्कीमा थप संक्रमितमध्ये १८ जना पोखरा महानगरका छन्। पोखरा महानगरपालिका–८ का ३३ वर्षीय पुरुष १ जना, वडा नं ९ का ६० र ६२ वर्षीय पुरुष २ जना, १६ का २६ र ४७ वर्षीया महिला २ जना, १७ को २८ वर्षीय पुरुष १ जना छन्।
पोखरा महानगरकै २८ र ५७ वर्षीया २ जना कोरोना संक्रमित महिलाको वडा नं खुलाइएको छैन । त्यस्तै, पोखरा महानगरकै २५, ३६, ३९, ४६, ६२, ६९ र ७५ वर्षीय ७ जना पुरुषको वडा नं खुलेको छैन।
त्यस्तै, कास्कीको रुपा गाउँपालिकाको वडा नं नखुलेका ५४ वर्षीय पुरुष १ जना र सोही गाउँपालिकाकै वडा नं नखुलेको ४३ वर्षीया महिला १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा पुष्टि भएको थप नयाँ १४ जना कोरोना संक्रमितमध्ये कावासोतीका पुरुष १ जना, देवचुली पुरुष ४ जना, हुप्सेकोटका ८ जना र बुलिङटार पालिकाका महिला १ जना छन्।
नवलपरासीको हुप्सेकोटमा थप नयाँ संक्रमित मध्ये ४ जना पुरुष र ४ जना महिला छन् । उक्त पालिकाको वडा नं नखुलेको २६, ३०, ४३ र ४७ वर्षीय पुरुष तथा २०, ३०/३० र ५२ वर्षीया महिलाहरुमा कोरोना पुष्टि भएको हो।
देवचुली नगरपालिका वडा नं ३ का ६५ वर्षीय पुरुष १ जना, वडा नं १२ का ५० वर्षीय पुरुष १ जना, १३ नं वडाका २ वर्षीय बालक र ५९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।
कावासोती नगरपालिका वडा नं ८ का ५६ वर्षीय पुरुष १ जनामा कोरोना पुष्टि भएको हो। त्यसैगरी, बुलिङटार पालिका वडा नं २ की ३७ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो।

लमजुङ जिल्लाको थप नयाँ संक्रमितमध्ये सुन्दरबजारको २ पुरुष र २ महिला छन् । त्यस्तै, राइनास नगरपालिका २ पुरुष र २ महिला छन्। सुन्दरबजार नगरपालिकाको वडा नखुलेको ४५ र ६९ वर्षीय पुरुष तथा ३२ र ६६ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो।
त्यस्तै लमजुङ जिल्लाको राइनास नगरपालिका वडा नं ४ का ६ वर्षीय बालक र ५१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। सोही वडाको २२ र ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको हो।
त्यस्तै, तनहुँमा थप पुष्टि भएका कोरोना संक्रमितमध्ये सबै भिमाद नगरपालिकाको रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। ीभमादको वडा नं ४ को ४९ वर्षीया महिला १ जना र ५२ वर्षीय पुरुष १ जना, वडा नं ६ को ४९ र ५३ वर्षीय पुरुष २ जना, वडा नं ९ का ४३ वर्षीय पुरुष १ जनामा कोरोना पुष्टि भएको हो।
स्याङ्जामा थप नयाँ कोरोना संक्रमितमध्ये सबै वालिङ नगरपालिकाका छन्। वालिङ नगरपालिका वडा नं ८ का ३२ वर्षीय पुरुष १ र वडा नं ९ को २७ र ४० वर्षका महिलाहरु छन्।
त्यस्तै, पर्वत जिल्लाको महाशिला गाउँपालिकाको वडा नं ३ का २६ वर्षीय र वडा नं ५ का २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लो समय जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलमा रेड कलर सेलिब्रेसन कार्यक्रम सम्पन्न भएको…






