कोभिड–१९ का कारण कास्की जिल्लामा थप एक जनाको मृत्यु भएको छ।
कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नं ३ का ४७ वर्षीय पुरुषको शनिबार राति साढे ११ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको उपचार केन्द्रमा मृत्यु भएको अस्पतालका सहप्राध्यापक डा अर्जुन आचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
कार्तिकको गत ४ गते उनमा कोभिड–१९ पुष्टि भएपछि उनलाई उपचार केन्द्रको आइसीयुमा भर्ना गरिएको थियो। उनमा कोभिड–१९ र निमोनिया लगायतको स्वास्थ्य समस्या रहेको विज्ञप्तिमा जनाइएको छ।
प्रतिष्ठानको उपचार केन्द्रमा कोभिड–१९ कारण मृत्यु हुने उनी २४ औं संक्रमित रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १५ गण्डकी प्रदेश सभा सदस्यहरुले धार्मिक सहिष्णुता कायम गर्न अपिल…





