
फिलिपिन्समा आएको ‘गोनी’ आँधीका कारण ४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
तर, आँधीका कारण त्यहाँ कम्तिमा १० जनाको मृत्यु भएको आशंका गरिएको छ र
बीसीसीका अनुसार २ सय २५ किलोमिटर प्रति घण्टाको गतिमा आँधी आएको छ। आँधीका कारण त्यहाँ ठूलो वर्षा हुनुका साथै कतिपय स्थानमा बाढी पनि आएको छ।
आँधीका कारण धेरै घरहरुमा क्षति पुगेको छ। आँधी निकै नै शक्तिशाली रहेको र यसले अझै क्षति गर्न सक्ने अधिकारीहरुले बताएका छन्। विभिन्न शहरहरु जलमग्न भएका छन् भने सडक, बिजुली अवरुद्ध भएको छ।
‘गोनी’ आँधीका कारण सञ्चार सेवा पनि अवरुद्ध भएको छ। आँधीका कारण भिराक शहरमा बस्दै आएका ७० हजार मानिससँग सम्पर्क टुटेको छ। तर, लुजोन टापुमा भने आँधीले अझै क्षति पु¥याइ नै रहेको छ।
सन् २०१३ मा आएको ‘हाइना’ आँधीपछि गोनी सबैभन्दा शक्तिशाली आँधी रहेको अधिकारीहरुले बताएका छन् । ‘हाइना’ आँधीक कारण त्यतिबेला करिब ६ हजार मानिसको मृत्यु भएको थियो।
‘गोनी’ आँधीको प्रभाव अझै रहने भन्दै अधिकारीहरुले सबैलाई सर्तक रहन आग्रह गरेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।