काँग्रेस पदाधिकारीको बैठक आज दिउँसो १ बजे बस्दै


     एभरेस्ट आवाज    
     कार्तिक १७ गते २०७७ मा प्रकाशित




नेपाली काँग्रेस पदाधिकारीको बैठक आज (सोमबार) दिउँसो १ बजे बस्दैछ।

काँग्रेसले पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्यसमेत सहभागी हुने बताइएको छ।

बैठकमा गत असोज १२ गते पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ‘पार्टी विधानसम्मत संचालन गरी चौधौँ महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस’ भनी सभापति देउवालाई बुझाएको पत्रका बारेमा समेत छलफल हुने काँगे्रस स्रोतले बताएको छ।

पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारी सन्दर्भमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २१ गते बोलाएको छ। कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म निर्धारण गरेर सोहीअनुसार महाधिवेशनन तालिका सार्वजनिक गरेपनि कोरोना भाइरस संक्रमणका कारण महाधिवेशन तालिका प्रभावित भइसकेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।