कार्तिक १७ पोखरा । गण्डकी प्रदेशमा थप ९९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले सोमाबार दिउँसो १२ : ३० बजे विज्ञप्ती जारी गर्दै उनीहरुमा संक्रमण पुष्टि गरेको हो ।
क्षयरोग उपचार केन्द्र, पोखरा, लाइफ केयर एण्ड डाइग्नोस्टिक प्रा.लि. पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा कास्की, गोरखा, लमजुङ, बाग्लुङ, तनहुँ, नवलपुर वर्दघाट सुस्ता पूर्व र स्याङ्जामा गरि ९९ जनामा कोरोना संक्रमण भेटिएको निर्देशनालयले जानकारी दिएको छ ।
निर्देशनालयका अनुसा कास्कीको पोखराका ६० जना संक्रमित भएका छन् । यस्तै गोरखाका ३३ जना, लमजुङका २ जना, गोरखा, बाग्लुङ, तनहुँ, नवलपुर वर्दघाट सुस्ता पूर्व र स्याङ्जाका एक–एक जना संक्रमित भएका छन् ।
निर्देशनालयले हालसम्म आज तिन चरणमा विज्ञप्ती जारी गर्दै उनीहरु संक्रमित भएको पुष्टि गरेको हो ।
बिहान साढे ११ बजे पहिलो पटक ४६ जना, दोस्रो पटक ४२ जना र तेस्रो पटक ११ जना थपिएका हुन् । यो संगै प्रदेशमा हालसम्म संक्रमितको संख्या ७८३९ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी सदस्य सन्तोष पोखरेलले प्रबद्र्धन र संरक्षणका कामलाई…





