कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार नजिक


     एभरेस्ट आवाज    
     कार्तिक १७ गते २०७७ मा प्रकाशित




कार्तिक १७ काठमाण्डौ । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या झण्डै एक हजार नजिक पुगेको छ ।

सोमबार नेपालका विभिन्न जिल्लाका २४ जनाको संक्रमणका कारण ज्यान गुमेसंगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या झण्डै एक हजार नजिक पुगेको हो ।

हाल सम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउने संक्रमितको संख्या ९८० छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या बढेर १ लाख ७६ हजार पाँच सय पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालका विभिन्न जिल्लाबाट २ हजार ९ सय ३३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार १३ हजार ४ सय ४६ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा तीन हजार एक सय ५० जना निको भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म १ लाख ३७ हजार ९ सय ९२ जना निको भएका छन् ।

अब सक्रिय सङ्क्रमितको संख्या ३७ हजार पाँच सय २४ रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।