कास्कीका ७० सहित गण्डकीका १२३ जनामा कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     कार्तिक १७ गते २०७७ मा प्रकाशित




कार्तिक १७ पोखरा । गण्डकी प्रदेशमा सोमबार १२३ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेशका ८ जिल्लाका ८७८ जनामा गरिएको परिक्षणमा उनिहरुमा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको छ ।योसंगै प्रदेशभर कोरोना संक्रमितको संख्या ७ हजार ८६३ पुगेको छ ।

निर्देशनालयका अनुसार सोमबार कास्कीमा ७० जना कोरोना संक्रमित फेला परेका छन् ।
जिल्लाका २९६ जनामा गरिएको परिक्षणमा सो संख्यामा संक्रमित पुष्टि भएका हुन् ।

यस्तै गोरखाका ३७१ जनामा गरिएको परिक्षणमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँका २२ जनामा गरिएको परिक्षणमा ९ जना संक्रमण भएको पाइएको छ ।

उता, नवलपुरका ३३ जनाको परिक्षण हुँदा ६ जना संक्रमित थपिएका छन् । यस्तै स्याङ्जाका २८ जनामा २, लमजुङका २६ जनामा २ जना कोरोना संक्रमित थपिएका छन् ।

पर्वतका ८७ जनामा पीसीआर परिक्षण भएपनि सबैको नतिजा नेगेटिभ आएको छ । प्रदेशका मुस्ताङ ,मनाङ र म्याग्दी पछिल्लो २४ घण्टामा पिसीआर पिसीआर परिक्षण भएको छैन् ।

प्रदेशमा सोही अवधीमा थप ७१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ हजार ४०६ पुगेको छ ।
हाल प्रदेशमा सक्रिय संक्रमित ३३७७ छन् भने संक्रमणका कारण ८० जनाले ज्यान गुमाएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।