सांसद केसीको निधनपछि काँग्रेस पदाधिकारीको आज (मंगलबार) बस्ने भनिएको बैठक स्थगित


     एभरेस्ट आवाज    
     कार्तिक १८ गते २०७७ मा प्रकाशित




फाइल तस्विर

बहालवाला सांसद सूर्यबहादुर केसीको सोमबार निधन भएपछि नेपाली काँग्रेस केन्द्रीय पदाधिकारीको आज (मंगलबार) बस्ने भनिएको बैठक स्थगित भएको छ।

काँग्रेस नेता एवं बहालवाला सांसद सूर्यबहादुर केसीको निधनका कारण आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको सहमहामन्त्री डा प्रकाशसरण महतले जानकारी दिएका हुन् । केसी काँग्रेस आमन्त्रित सदस्यसमेत हुन्।

नेपाली काँग्रेसले केसीको निधनमा केन्द्रीय कार्यालय एकदिन बन्द गर्ने र तीनदिन पार्टीको झन्डा झुकाउने जनाइएको छ।

पार्टीभित्र देखिएको विवाद समाधान गर्न भन्दै सोमबार पदाधिकारी बैठक बसेको थियो। हिजोको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुझाएको विरोधपत्रमा छलफल भएपनि ठोस सहमति भने कुनै हुन सकेको थिएन्।

आज (मंगलबार) पनि बैठक बसेर छलफल गर्ने तय भए पनि बहालवाला सांसदकै निधन भएपछि बैठक रोकिएको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।