कार्तिक १८ पोखरा । कास्कीका थप ५२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार विज्ञप्ती जारी गर्दै यसको पुष्टि गरेको हो ।
क्षयरोग उपचार केन्द्र, पोखरा, र लाइफ केयर एण्ड डाइग्नोष्टिक प्रा.लि पोखरामा गरिएको परिक्षणमा पोखरा महानगरपालिकाका ५० जना सहित गण्डकी प्रदेशका ९७ जनामा संक्रमण देखिएको छ । कास्कीमा थपिएका मध्य २ जना मादी गाउँपाकिलाका रहेको निर्देशनाले जनाएको छ ।
निर्देशनालयका अनुसार प्रदेशका अन्य जिल्लामा थपिएका संक्रमित मध्य तनहुँमा २१, बाग्लुङमा १३, स्याङ्जा, नवलपुर वर्दघाट सुस्ता पूर्व र मुस्ताङमा ३–३ जना र लमजुङमा २ जनामा पनि संक्रमण भएको छ ।
निर्देशनालयले हालसम्म तिन चरणमा विज्ञप्ती सार्वजनिक गर्दैै यस्तो उल्लेख गरेको हो ।
निर्देशनालयद्वारा पहिलो चरणमा सार्वजनिक विज्ञप्तीमा तनहुँका १५, बाग्लुङका ३ यस्तै लमजुङ र मुस्ताङका २–२ जना थपिएका थिए ।
दोस्रो पटक कास्कीको पोखरा महनगरपालिकाका ४४ जनासहित स्याङ्जाका ३, तनुहँका २ तथा मुस्ताङका एक जनामा संक्रमण भएको उल्लेख गरिएको छ ।
तेस्रो विज्ञप्तीमा कास्कीको मादी गाउँपालिकाका २ जना, चरक मेमोरियलका १ जना र आस्था अस्पतालका ४ जना, आर.टी.सी.का एक जना छन् । यस्तै अन्य संक्रमित मध्य बाग्लुङका १०, तनहुँका ४ र नवलपुर वर्दघाट सूस्ता पुर्वका ३ जना थपिएको जनाइएको छ ।
योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या हालसम्म ७९६० पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







