गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ८४ पुग्यो


     एभरेस्ट आवाज    
     कार्तिक २१ गते २०७७ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ८४ पुगेको छ ।

गण्डकी प्रदेश, कोरोना रोकथाम कार्यक्रमका निर्देशक तथा स्वास्थ्य निर्देशनलायका प्रवक्ता विनोद विन्दु शर्माद्वारा शुक्रबार बिहान साढे ९ बजे जारी गरेको विज्ञप्तिमा यस प्रदेशमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

विज्ञप्तिमा जनाइएअनुसार प्रदेशको कास्की जिल्लामा ३८ र लमजुङमा ३ जना गरी ४१ जनामा कोरोना पुष्टि भएको हो। क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो। ती सबै संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

संक्रमितमध्ये कास्कीको पोखरा महानगरपालिकामा ३६, मादी र रुपा गाउँपालिकामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । लमजुङको सुन्दरबजार पालिकाको ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।