कावासोती नगरपालिका एक हप्ताका लागि बन्द


     एभरेस्ट आवाज    
     कार्तिक २१ गते २०७७ मा प्रकाशित




नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका एक हप्ताका लागि बन्द गरिएको छ ।

नगरपालिकाका कर्मचारीमा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि नगरपालिका बन्द गरिएको हो।

नगरपालिकामा कार्यरत चार कर्मचारीमा बिहीबार कोभिड संक्रमण पुष्टि भएपछि नगरपालिकाबाट प्रवाह गरिने सेवा एक हप्ताका लागि बन्द गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार आगामी कार्तिकको २६ गतेसम्म नगरपालिका बन्द रहने भएपनि अत्यावश्यकीय सेवा प्रवाह भने रोकिने छैन।

नगरपालिकामा कार्यरत कुन तहका कर्मचारीमा कोभिड संक्रमण देखिएको भन्नेबारे भने नगरपालिकाले खुलाएका छैन।

नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा प्रवाह बन्द गरिएको भएपनि नगरपालिकाका सबै वडा कार्यालयहरु भने खुला रहनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।