प्रतिनिधि सभा सदस्य विद्या भट्टराई अधिकारीले कोरोना महामारीले स्वास्थ्य क्षेत्रमा नीजिकरण हुँदा सेवा प्रवाह कमजोर हुँदो रहेछ भन्ने बोध गराएको बताएकी छन् । सामाजिक सञ्जाल फेसवुकमा शुक्रबार विहान स्टाटस लेख्दै उनले स्वास्थ्य क्षेत्रमा नीजिकरण हुँदा सेवा प्रवाह कमजोर भएको र सोहि कारण जनताले सेवा प्रभावकारी नभएको उनले आसय व्यक्त गरेकी छन् । फेसवुक स्टाटसमा उनले लेखेकी छिन्,‘स्वास्थ्य क्षेत्रमा नीजिकरण हुँदा राज्यको सेवा प्रवाह कमजोर हुने रहेछ भन्ने बोध महामारीको समयमा हामी सबैले महशुष गरिरहेका छौं ।’
सांसद भट्टराईले सार्वजनिक स्वास्थ्य सेवालाई विश्वासिलो, सुलभ र भरपर्दो बनाउन नसक्दासम्म राज्यसँग जनताको सम्बन्ध स्थापित गर्न कठीन हुने बताएकी छन् । साथै उनले सार्वजनिक सेवा प्रवाह बलियो बनाउन राज्यका नियका र तहबीच निरन्तर संवाद, संयोजन र प्रभावकारी अनुगमन अति आवश्यक रहेको उल्लेख गरेकी छन् ।
भट्टराई कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सांसद हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







