
ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल टान पश्चिमाञ्चलको १६ औं अधिवेशन तथा २७ औँ साधारणसभाबाट निर्वाचित कार्यसमितिको आज पदस्थापन भएको छ । नवनिर्वाचित कार्यसमितिलाई संस्थाका पूर्व अध्यक्ष एवम् निर्वाचन संयोजक डम्बर केसीले गोपनीयताको सपथ ग्रहण र प्रमाणपत्र वितरण गरेर पदस्थापन गराए । केसीले संस्थागत विकासमा एकजुट भएर सपथको मर्मअनुरुप काम गर्न नयाँ कार्यसमितिलाई आग्रह गरे ।
सो समारोहमा संस्थाका पूर्व अध्यक्ष टीकाराम सापकोटाले पर्यटन क्षेत्रमा टानको विशेष योगदान रहेको चर्चा गर्दै नयाँ नेतृत्वले कोरोना कहरबीच पदयात्रा पर्यटनलाई चलायमान बनाउन नवितम् सोचका साथ अघि बढ्नुपर्ने जिम्मेवारी थपिएको बताएका छन । निर्वतमान अध्यक्ष हरि भुजेलले आफ्नो कार्यकाल सफल गराउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै पदयात्रा पर्यटनको विकास र प्रवद्र्धनमा नयाँ ऊर्जाका साथ लाग्न आग्रह गर्दैै नयाँ नेतृत्वलाई शुभकामना दिए ।
नवनिर्वाचित अध्यक्ष सुसिलराज पौडेलले विषम् परिस्थिति प्राप्त जिम्मेवारी एक चुनौती रहेको उल्लेख गर्दै आफ्नो नेतृत्वले टानको गरिमालाई थप उचाइमा पु¥याउने प्रतिवद्धता व्यक्त गरे । उनले १५९ ट्रेकिङसम्बद्ध कम्पनी रहेको जनाउँदै व्यवसायबाट पलायन हुनबाट जोगाउने दायित्वसमेत टानको रहेको उल्लेख गरे । सो अधिवेशनबाट प्रथम उपाध्यक्षमा धर्मराज पन्थी, द्वितीय उपाध्यक्ष कृष्ण आचार्य विजयी भएका छन् । त्यसैगरी सचिवमा मिलन तिवारी, कोषाध्यक्षमा किसमकुमारी गुरुङ र सहसचिवमा रेशम अधिकारी निर्वाचित भएका छन । सदस्यमा दीपक सापकोटा, अनिल थापा, मोहन सुवेदी, गोपाल संग्रौला, लक्ष्मी कोइराला र विकास गुरुङ निर्वाचित भएका थिय । दुई सदस्य पछि मनोनित गरिने नवनिर्वाचित सचिव तिवारीले जानकारी दिए ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।