शुक्रबार एकै दिन ४ हजार ५०० जना ‘डिस्चार्ज’


     एभरेस्ट आवाज    
     कार्तिक २१ गते २०७७ मा प्रकाशित




कार्तिक २१ काठमाण्डौं । नेपालमा शुक्रबार एकै दिन चार हजार पाँच कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । यो संगै नेपालमा कोरोनामुक्त हुनेको संख्या कोरोना मुक्त हुनेको संख्या एक लाख ५२ हजार नौ सय आठ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार नौ सय नौ जनामा सङ्क्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

आज थपिने सहित नेपालमा हालसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक लाख ८८ हजार आठ सय ८३ पुगेको छ ।

सोही अवधीमा संक्रमणबाट थप १८ जनाको ज्यान गुमेको छ । हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ७० पुगेको छ ।

अब नेपालमा ३४ हजार नौ सय पाँच जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै एक हजार दुई सय ५४ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।