शुक्रबार पोखरामा थपिए १०८ कोरोना संक्रमित


     एभरेस्ट आवाज    
     कार्तिक २१ गते २०७७ मा प्रकाशित




कार्तिक २१ पोखरा । कास्कीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या तीन हजार २१३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोशालामा चार सय ८४ जनामा गरिएको नमुना परिक्षणमा थप एक सय आठ जनामा कोरोना संक्रमणको पुष्टि भएसंगै संक्रमितको संख्या बढेको हो । आज पुष्टि भएका कास्कीका सबै संक्रमित पोखरा महानगरका हुन् ।

यस्तै हालसम्म जिल्लाका आठ सय पाँच जना कोरोना संक्रमणमुक्त भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार साँझ पाँच बजे अध्यावधिक गरेको तत्थ्याङ्कमा उल्लेख छ ।

निर्देशनालयका अनुसार जिल्लामा हालसम्म कोभिड–१९ बाट ४१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै कास्कीको पोखराका ३ जनाको कोरोना संक्रमणका ज्यान गुमेको छ ।
यस अघि बिहीबार कास्कीमा १३३ जनामा कोरोना संक्रमण भएको थियो ।

यस्तै शुक्रबार प्रदेशका नवलपुर वर्दघाट सुस्ता पूर्वका २९, तनहुँका २७, स्याङ्जा र बाग्लुङका १२–१२, पर्वतमा ४, लमजुङमा ३ र गोरखाका एक जनामा कोरोना संक्रमित थपिएका छन् ।

सोही अवधीमा ३३ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप जनाको ज्यान गुमेसंगै प्रदेशभर संक्रमणबाट एक सय जनाको ज्यान गुमेको छ । हालसम्म प्रदेशका चार हजार ८३५ जना कोरोना मुक्त हुँदा प्रदेशभर सक्रिय संक्रमित तीन हजार ८०४ जना छन् ।

हालसम्म प्रदेशमा ९३ हजार ९४८ जनाको पिसिआर परिक्षण गरिएको छ । आज मात्रै ९८० जनाको पीसीआर परिक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएको निर्देशनालयद्वारा जारी तथ्याङकमा उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।