
सांकेतिक तस्विर
कार्तिक २२ पोखरा । कोरोना संक्रमणबाट दाङ र सुनसरीका थप दुईको मृत्यु भएको छ ।
कारोनाबाट सुनसरीको धरान उपमहानगरपालिका–९ घर भएकी महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत ६७ वर्षीया महिलाको मृत्यु भएको हो ।
प्रतिष्ठानको कोभिड अस्पतालमा यही कात्तिक १८ गते भर्ना भएकी ती महिलामा भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो । उनको शुक्रबार साँझ ६ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले भजानकारी दिए ।
उनमा डायबिटिज र मानसिक सम्बन्धी समस्या पनि थियो ।
यस्तै दाङको घोराही उपमहानगरपालिका–१५ का ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा शनिबार विहान मृत्यु भएको छ ।
कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएका उनी कात्तिक २० गते साँझ भेरी अस्पतालमा भर्ना भएकामा शनिबार विहान साढे ५ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।