कार्तिक २२ पोखरा । संगीतकर्मी संघ कास्कीको आयाजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कोरोना महामारीको समयमा अस्पतालका वेडमा उपचारत विरामीहरुलाई रगतको कमी नहोस् भन्ने हेतुले संघले आकस्मिक रक्तदान कार्यक्रम गरेको हो ।
कार्यक्रमको पोखरा महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष शंकर वास्तोलाले उद्घाटन गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेर संगीतकर्मी संघले अत्यन्तै राम्रो कार्य गरेमा धन्यवाद दिर्दै अन्य कार्यक्रम गर्दा वडा पनि साथमा रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी सदस्य मुना बास्तोला, राष्ट्रिय संगीतकर्मी संघ नेपालका केन्द्रीय सदस्यहरु राजकुमार हुमागाई र सन्तोष अधिकारी, गण्डकी प्रदेशका महासचिव तथा जिल्ला सल्लाहकार कृष्णप्रसाद गौतम लगायतले कार्यक्रमको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।
प्रमुख अतिथि शंकर वास्तोला, केन्द्रीय सदस्यहरु राजकुमार हुमागाई र सन्तोष अधिकारी, कास्की जिल्ला सल्लाकार कृष्ण रानाभाटलगाएतले रक्तदाताहरुलाई प्रमाण पत्र वितरण गरेका कार्यक्रम संयोजक प्रकाश सापकोटाले वताए ।
नेपाल रेडक्रस सोसाइटी कास्की रक्तसंचार केन्द्रका स्वास्थ्य कर्मचारीहरु महेन्द्र केसी, समिक्षा अधिकारी र अस्मिता पौडेलले प्राविधिक सहयोग गरेका थिए ।
संघका अध्यक्ष ऋषिराम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कपिल श्रेष्ठले स्वागत र सचिव जौमाया हिताङले कार्यक्रम संचालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रोजी श्रेष्ठ अब व्यवसायिक यात्रामा…






