कोरोनाबाट कास्की र नवलपुरका थप दुई जनको मृत्यु


     एभरेस्ट आवाज    
     कार्तिक २२ गते २०७७ मा प्रकाशित




सांकेतिक तस्विर

कार्तिक २२ पोखरा । कोरोना संक्रमणबाट कास्की र नवलपुरका एक–एक जनाको ज्यान गुमेको छ ।

यसरी ज्यान गुमाउनेमा कास्कीको पोखरा महानगरपालिका–१७ की एक महिला र नवलपुरको गैंडाकोट–१२ का ८२ वषिय संक्रमित पुरुष रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।

योसहित गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक सय दुई पुगेको छ ।
गत कार्तिक १६ गते कोरोना संक्रमणको पुष्टि भएकी पोखरा–१७ की २९ वर्षिय संक्रमित महिलाको उपचारको क्रममा चरक मेमोरियल अस्पतालमा शुक्रबार दिउँसो २ : २३ बजे मृत्यु भएको हो ।

यस्तै आन्द्रामा समस्या भएर चितवन मेडिकल कलेजमा कार्तिक ३ गते भर्ना भएका कावासोतीका पुरुषको पनि शुक्रबार दिउँसो २ बजे उपचारकै क्रममा सो अस्पतालमा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

उनमा कार्तिक १८ गते मात्रै कोरोना संक्रमण पाइएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।