नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टलाई कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     कार्तिक २२ गते २०७७ मा प्रकाशित




नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टलाई कोरोना संक्रमण भएको छ । महासचिव विष्टले आफूलाई कोरोना संक्रमण शनिबार पुष्टि भएको सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै जनाएका छन् ।

सामान्य ज्वरो, खोकी र शरीर दुख्ने समस्या भएपछि आफूले स्वाब दिएको र शनिबार रिपोर्ट पोजिटिभ आएको विष्टले उल्लेख गरेका छन् । उनले अहिले आफू होम आइसोलेसनमा रहेको जानकारी दिदै आफूसँग सम्पर्कमा आएकाहरुलाई परीक्षण र सर्तकता अप्नाउन आग्रह गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।