कार्तिक २२ काठमाण्डौं। नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ९१ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नमुना परिक्षणमा थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या बढेर १ लाख ९१ हजार ६ सय ३६ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दश हजार ४२३ जनामा गरिएको परिक्षणमा एक हजार ७७ महिला र एक हजार ५७६ जना पुरुषमा संक्रमण भएको छ ।
मन्त्रालयका अनुसार झापा, मोरङ, सुनसरी, काठमाण्डौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपुर वर्दघाट सुस्ता पूर्व, दाङ, र रुपन्देहीमा पाँच सयभन्दा बढी संक्रमित छन् । यस्तै मनाङ र बाजुरामा संक्रमित शून्य छन् ।
त्यसैगरी २४ घण्टामा २ हजार २०६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ५५ हजार ११४ संख्या पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म ३५ हजार ४३५ छ ।
देशभर शनिबार थप १७ जना मृतकमा कोरोना पुष्टि भएको छ। योसहित हालसम्म मृत्यु हुनेको संख्या १ हजार ८७ पुगेको छ।
मन्त्रालयका अनुुसार २४ घण्टामा १० हजार ४ सय २३ पीसीआर परीक्षण भएको छ । हालसम्म पीसीआर विधिबाट १५ लाख २७ हजार ७ सय ६६ परीक्षणहरु गरिएका छन् ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार १ सय ४४ रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज ९ नेपालीको महान चाँड बडादशैंको सन्दर्भ पारेर पोखराको लेकसाईडमा…







