कार्तिक २२ पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप दुई सय ७८ जना संक्रमित थपिएका छन् ।
विभिन्न प्रयोगशालामा गरिएको नमुना परिक्षणमा पोखराका एक सय ८६ जना सहित प्रदेशका सो संख्यामा संक्रमित थपिएका हुन् । शनिबार थपिने मध्य एक सय सात जना महिला र एक सय सात जना पुरुष छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालले प्रदेशमा कोभिड–१९ सम्बन्धी विवरण अध्यावधिक गर्दै यस्तो जानकारी दिएको हो ।
निर्देशनालयका अनुसार कास्कीमा देखिएका सबै १८६ जना संक्रमित पोखरा महानगरपालिकाका हुन् । जिल्लाका छ सय १० जनामा गरिएको परिक्षणमा सो संख्यामा संक्रमित थपिएका छन् ।
यस्तै गोरखाका ३१ जनामा संक्रमण पाइएको छ । १४१ जनामा गरिएको परिक्षणमा उनिहरुमा संक्रमण देखिएको हो ।
बाग्लुङ र लमजुङका क्रमश ३१ र ४१ जनामा गरिएको परिक्षण १०–१० जना संक्रमित थपिएका छन् ।
उता, नवलपुर वर्दघाट सुस्ता पूर्वका १० जनामा ६, स्याङ्जाका १७ जनामा ५ र पर्वतका ३८ जनामा गरिएको परिक्षणमा दुई जना संक्रमित थपिएका छन् ।
यो सहित प्रदेशमा जम्मा संक्रमितको संख्या नौ हजार १७ पुगेको छ ।
हालसम्म प्रदेशमा चार हजार ८५२ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै १७ जना ‘डिस्चार्ज’ भएका छन् । कोरोनाबाट एक सय तीन जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरानोबाट प्रदेशमा थप तीन जनाले ज्यान गुमाएका छन ।
यो संगै प्रदेशमा चार हजार ६२ जना सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार कास्कीमा हालसम्म सबैभन्दा बढी तीन हजार ३९९ जनामा कारोना पुष्टि भएको छ । ति मध्य ८०५ जनाले स्वास्थ्य लाभ गरेका छन् । यस्तै जिल्लाका ४२ जनाको संक्रमणबाट ज्यान गुमेसंगै सक्रिय संक्रमितको संख्या दुई हजार ५५२ छ ।
यस्तै नवलपुर वर्दघाट सुस्ता पूर्वका एक हजार ८७२ जनामा संक्रमण हुँदा एक हजार ३४४ जना निको भएका छन् । जिल्लामा हाल ५०९ जना आइसोलेसनमा छन् भने संक्रमणबाट १४ जनाको मृत्यु भएको छ ।
त्यस्तै तनहुँमा सक्रिय संक्रमितको संख्या ३१८ छ । जिल्लामा ९५४ जनामा संक्रमण देखिँदा ६२२ जना निको भएका छन् भने १४ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।
बाग्लुङमा हालसम्म कोरोना संक्रमणबाट आठ जनाको मृत्यु भएको छ । जिल्लामा पुष्टि भएका ७२० जना संक्रमितमध्य ५८५ जना डिस्चार्ज भएका छन् भने आइसोलेसनमा १२३ जना छन् ।
यस्तै स्याङ्जामा ४९० जनाले कोरोना जितेका छन् । ५८४ जना संक्रमित मध्य ८ जनाको मृत्यु भएको छ । अब ८६ जना आइसोलेसनमा रहेको निर्देशनालयद्वारा अध्यावधिक विवरणमा उल्लेख छ ।
त्यस्तै प्रदेशको लमजुङमा ५७५ जना संक्रमित मध्य ५१७ जना कोरोना मुक्त भएका छन् । जिल्लामा हाल ५७ जना स्वास्थ्य लाभको क्रममा छन् भने एक जनाको संक्रमणबाट मृत्यु भएको छ ।
गोरखामा संक्रमणको पुष्टि भएका ५६९ जना संक्रमित मध्य ३१८ जना आइसोलेसनमा, आठ जनाको मृत्यु भएको छ भने २४७ जना निको भएका छन् ।
यस्तै २१४ जनामा संक्रमणको पुष्टि भएको पर्वतमा १५३ जना संक्रमणमुक्त भएका छन् । एक जनाको मृत्यु भएको छ भने ६० जना निको हुने क्रममा छन् ।
उता, म्याग्दीमा हालसम्म ११६ जनामा कोरोना संक्रमण भएको छ । ति मध्य ७५ जना निको, ३९ जना आइसोलेसन र २ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
हिमालपारिका दुई जिल्ला मुस्ताङमा हालसम्म पाँच जनामा कोरोना संक्रमणको पुष्टि हुँदा एक जना संक्रमणबाट मुक्त भएका छन् भने ४ जना आइसोलेसनमा छन् । यस्तै मनाङमा हालसम्म सक्रिय संक्रमितको संख्या शून्य छ । जिल्लाका नौ जना संक्रमित सबै डिस्चार्ज भएसंगै मनाङमा संक्रमितको संख्या शून्य भएको निर्देशनालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।