घोडा चढ्दा घाइते भएका मुख्यमन्त्रीलाई सुर्खेत लगियो


     एभरेस्ट आवाज    
     कार्तिक २२ गते २०७७ मा प्रकाशित




फाइल फोटो

कात्तिक २२ हुम्ला । घोडाबाट लडेर घाइते भएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई थप उपचारका सुर्खेत लगिएको छ ।

प्रदेशले शुरु गर्न लागेको ‘जनतासँग मुख्यमन्त्री’ टेलिभिजन कार्यक्रमको छायाङ्कन लागि सिमकोट गाउँपालिका वडा नं ३ को लिमाटाङ जाने क्रममा मुख्यमन्त्री शाही घोडाबाट लडेर घाइते भएका थिए ।

उनलाई थप उपचारका लाीग साढे ५ः०० बजे हेलीकोप्टर मार्फत सुर्खेत पठाइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले जानकारी दिए ।

आधा बाटोसम्म गाडीमा गएका मुख्यमन्त्री शाही त्यसपछि घोडामा चढेर त्यसतर्फ जाने
क्रममा उनले चढेको घोडा तर्सिदा लडेर घाइते भएको जनाइएको छ ।



सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।