नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा वडा नम्बर ८ कमिटीका सदस्य विष्णुबहादुर बस्नेको निधन भएको तेह्रौं दिनको पून्य तिथिमा आईतबार श्रद्धाञ्जली सभा गरिएको छ । नेकपा वडा नम्बर ८ को आयोजनामा आईतबार विहान बस्नेतको निधन भएको तेह्रौं दिनको पून्य तिथिमा श्रद्धाञ्जली सभा गरिएको हो ।
नेकपा वडा नम्बर ८ का अध्यक्ष लक्ष्मीप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा पोखरा महानगर कमिटीका सचिव विश्वप्रकाश लामिछानेले बस्नेतको निधनले पार्टीलाई अपूरणीय क्षेति पुगेको बताए । उनले स्वर्गिय बस्नेत निष्ठावान कार्यकर्ता भएको बताउँदै उनले देखाएको बाटोमा सबै नेता कार्यकर्ता हिंड्नुपर्ने बताए ।
कार्यक्रममा विशेष अतिथि पोखरा महानगरपालिका वडा नं ८ का वडाध्यक्ष रूद्रनाथ बरालले स्वर्गिय बस्नेत पार्टीको बफादार सिपाही भएकाले उनको ब्यबहार अनुशरण गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा बस्नेतप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारण गर्नुका साथै स्वर्गिय बस्नेतको तस्बिरमा माल्यार्पण र पुष्पार्पण गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।